+
+
Shares

अदालतबाट दोषी ठहर भएका ७ व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते १४:३४

४ भदौ, काठमाडौं । विभिन्न कसुरमा अदालतबाट दोषी ठहर भइ फरार भएका सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर र मातहतको टोलीले पछिल्लो २४ घण्टामा सात जनालाई राजधानीका विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी कसुरमा दोषी ठहर भएका २३ वर्षीय प्रदीप श्रेष्ठ, चोरी कसुरमा दोषी ठहर भएका कुलप्रसाद उप्रेती, अभद्र व्यवहार कसुरका अमरज्योति तुलाधर, चेक अनादारमा दोषी ठहर भएका ओम नारायण श्रेष्ठ, चोरी कसुरका लासाङ लामा तामाङ, चोरी कसुरकै किरण गिरी र अभद्र व्यवहार कसुरका मानबहादुर घर्ती छन् ।

उनीहरूलाई फैसला कार्यान्वयका लागि अदालत पेश गरिने परिसरका प्रवक्ता अपील राज बोहराले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?