+
+
Shares

ब्राजिलबाट नेपाल आएकी महिला २ केजी कोकिनसहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २३ गते १४:०५

२२ साउन, काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध कोकिनसहित एक जना विदेशी महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा ब्राजिलियन नागरिक २१ वर्षीया इमिली मिकाइले स्यान्टोस फरेरा रहेकी छन् ।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार ब्राजिलबाट दोहा हुँदै नेपाल आएकी उनले ब्राभित्र १ केजी ९५० ग्राम कोकिन लुकाएर ल्याएकी थिइन् ।

उनी नेपालबाट भुटान जान लागेको अवस्थामा पक्राउ परेकी हुन् । शंकास्पद गतिविधि देखिएपछि उनीमाथि निगरानी बढाइएको थियो ।

उनीविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?