+
+

कांग्रेस–एमालेलाई हृदयेशको सुझाव- आधा/आधा बाँडेर चुनाव लड्नू

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १० गते २२:४७

१० माघ, काठमाडौं । जनता प्रगतिशील पार्टी (नेपाल) का अध्यक्ष हृदयेश त्रिपाठीले नेपाली कांग्रेस र नेकपा एमालेलाई आधा/आधा सिट बाँडेर निर्वाचन लड्न सुझाव दिएका छन् ।

बिहीबार काठमाडौंमा गजेन्द्रनारायण सिंहको २४ औं पुण्यतिथिको अवसरमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो सुझाव दिएका हुन् ।

दुई दलीय व्यवस्था र बहुमत चाहिएको भए आधा/आधा सिट बाँडेर लड्दा बहुमत आउने उनको भनाइ थियो ।

‘कांग्रेस र एमालेले यदी लोकप्रियता हासिल गरे भने त दुई दललाई बहुमत कसैलाई आइहाल्छ,’ त्रिपाठीले भने, ‘अर्को निःशुल्क सल्लाह के छ भने यदी बहुमत नै ल्याउने हो भने आधा आधा सिट बाँडेर लडे भइगयो नि । त्यसको लागि संविधान संशोधन, नियमावली, कानुन केही हेर्नैपर्दैन ।’

आन्दोलन गर्दा सात दल चाहिने तर अहिले दुई दलीय व्यवस्थातिर लैजाने कुरा सह्य नभएको बताए ।

‘आन्दोलन गर्दा हामी ७ दल चाहिने, अनि अहिले दुई दलको कुरा गरेर हुन्छ ? बहुदलीय व्यवस्था वा प्रणाली जुन हामीले अपनाएका छौँ । नेकपा एमालेका जो नेता हुनुहुन्थ्यो मदन भण्डारी । उहाँको जनताको बहुदलीय जनवादकै विपरित हो दुई दलीय जनवाद,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?