Comments Add Comment

राष्ट्रिय झण्डा ओढेर नेपाल एयरलाइन्स उड्ने, आवरण डिजाइन छनौट

१९ मंसिर, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स नयाँ रंग र ढाँचामा उड्ने भएको छ । एयरलाइन्स राष्ट्रिय झण्डाको फ्लेवरमा सिम्रिक रंग पोतेर नयाँ ढाँचा लिइ उडान भर्ने भएको हो ।

नेपाल वायुसेवा निगमले बाहिरी रंग, आवरण र ढाँचाको नमुना छनौट गरिसकेको छ । निगमले प्रतियोगिता आयोजना गरि एयरलाइन्सको रंग, आवरण र ढाँचा छनौट गरेको हो । प्रतियोगितामा सहभागीमध्ये विश्वास पोखरेलको नमूनालाई निगमले सर्वोत्कृष्ट ठहर गरेको छ । निगमले नयाँ रंग र ढाँचा चीनबाट आयात गरिन लागेका आन्तरिक उडानका विमान र युरोपबाट आयात गरिन लागेका अन्तर्राष्ट्रिय उडानका एयरवसमा प्रयोग गर्ने जनाएको छ ।

nepal-airlines

नमुनालाई एयरलाइन्सको बाहिरी रंग, आवरण ढाँचाकै रुपमा तोक्ने र पुरानो आवरण ढाँचालाई क्रमशः प्रतिस्थापन गर्ने निगमले निर्णय गरेको छ । इच्छुकहरुलाई नमुना ढाँचा प्रस्तुत गर्न निगमले कात्तिकमा सूचना प्रकाशित गरेको थियो । जसमा ३१ जनाले ६२ वटा नमूना पठाएका थिए ।

पाँच जना विज्ञ समुहको मूल्याङ्कनपछि पोखरेलको नमूना उत्कृष्ट छनौट गरिएको निगमले जनाएको छ । समुहमा ललितविक्रम शाह, मदन चित्रकार, स्वस्ती राजभण्डारी, नविन जोशी र गणेशबहादुर चन्द सहभागी हुनुहुन्थ्यो । नमूनामा नेपालको राष्ट्रियता, साँस्कृतिक पक्ष, राष्ट्रिय झण्ढा, राष्ट्रिय रंग र आकाश भैरवको प्रतिविम्व समावेश गरिएको छ ।

nepal-airlines2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment