+
+
Shares

सेक्सी पहिरनमा ‘मिस नेपाल’ को कल्पना गर्दै शुभेच्छा र क्षिजिता(भिडियो)

अनलाइनखबर अनलाइनखबर
२०७० मंसिर २८ गते १३:३५

नायिका शुभेच्छा थापा र क्षितिजा शाक्य बिच यतिबेला शितयुद्ध चलिरहेको छ । शुभेच्छाले बनाएको चलचित्र ‘मिस नेपाल’मा आफ्नो भूमिका काटिदिएको भन्दै क्षितिजा सामाजिक संजाल मार्फत आक्रोश पोख्नमा व्यस्त छिन् । उसो त क्षितिजा नेपाली सिनेमाका लागि कुनै चर्चित नाम भने होइन ।miss-nepal-photoतर पनि निर्मात्री समेत रहेकी कलाकार शुभेच्छा थापा भने आफ्नो सिनेमाको प्रमोशनका लागि जोडतोडका साथ लागिरहेकी छिन् । उनले बनाएको यो सिनेमा फागुनको तेश्रो सातमा प्रदर्शनमा आउने तयारीमा छ ।

मिस नेपाल बन्नको लागि यूवतीहरुले गर्ने संघर्षको कथामा दौडिएको छ यो सिनेमा । पहिलो गीत ‘ओ अम्मा’ सार्वजनिक गरेको केही समय पछि निर्माणपक्षले सिनेमाको शिर्ष गीत सार्वजनिक गरेको छ । जसमा शुभेच्छा र क्षितिजाको साथमा केही मोडलहरुलाई फिचरिङ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?