Comments Add Comment

भारतविरुद्ध ९० मिनेटमा दुई गोल गर्ने नेपालको लक्ष्य

sagar thapa and jack

२ चैत, काठमाडौं । मंगलबार दशरथ रंगशालामा मैदानमा उत्रँदा नेपाल निर्धारित ९० मिनेटमा भारतविरुद्ध दुई गोल गर्ने रणनीतिका साथ मैदान उत्रने भएको छ । भारतीय टीमका प्रशिक्षकले पनि नेपालविरुद्धको खेल सहज नभएको बताएको छ ।

विश्वकप फुटबल २०१८ को प्रारम्भीक छनोटको दोस्रो तथा होम गेम मंगलबार दशरथ रंगशालामा दिउँसो ३ः ३० बजे सुरु हुनेछ । भारतको गुवाहटीमा भएको पहिलो लेगमा नेपाल २-० ले पराजित भएको थियो ।

अब नेपालले ९० मिनेटमा गोल नखाई दुई गोल गर्ने र त्यसपछि हुने अतिरिक्त समयमा खेल आफ्नो पक्षमा पार्ने रणनीति बनाएको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टीमका प्रशिक्षक ज्याक स्टेफानोस्कीले महत्वकाक्षी रणनीति सुनाए । ‘घरेलु मैदान छ । हामी खेलको परिस्थिति उल्टाउन सक्छौं’उनले भने ।

नेपालले अघिल्लो चरणमा पुग्न कम्तिमा गोल नखाई कम्तिमा ३ गोल गर्नु पर्ने हुन्छ, जुन त्यति सहज छैन । नेपालले खेलेका पछिल्ला सात खेलमा विपक्षी टीमविरुद्ध गोल गर्न सकेको छैन । जसमा दुई खेलमा भारतसँग समान २-० को हार ब्यहारेेको छ ।

भारतविरुद्ध दुई गोल गर्ने यो लक्ष्य कतिको सम्भव छ भन्ने प्रश्नमा नेपाली कप्तान सागर थापाले भने-‘फवार्ड लाइन मात्र नभई नेपाली टीमले नै गोल गर्न सकेको छैन । तर, भोलि हामीलाई आश छ ।’ घरेलु समर्थनको साथले आफूलाई हौसला प्रदान गर्ने उनले बताए ।

गुवाहाटीमा भारतरुविरुद्धको खेल्दा भरत खवास र युवा स्ट्राइकर बिमल घर्ती मगरले नेपालको सुरुवाति फवार्ड लाइन सम्हालेका थिए । अनिल गुरुङ र जुमानु राई बेच्मै सिमित रहे भने दोस्रो हाफको अन्तिमतिर भरत खवासको स्थानमा सन्तोष साहुखल प्रवेश गरेका थिए ।

प्रशिक्षक ज्याकले मंगलबार नेपाली टोलीमा केही खेलाडी परिर्वतन हुने बताए । गुवाहाटीमा भएको खेलका क्रममा कप्तान सागर थापाको टाउकोमा बल लागेको थियो । तर, अहिले धेरै ठिक भएको भन्दै सागरले मंगलबार खेल्न सक्ने बताएका छन् ।

India-Team

भारतीय टीमका प्रशिक्षक स्टेफेन कन्स्टेन्टाइनले २-० को अग्रता भए पनि भारतका लागि मंगलबारको खेल सहज नभएको बताए । अहिलेको अवस्थालाई खेलको पहिलो हाफ मात्र सकिएको भन्दै उनले भने-‘१/२ गोल हुन सक्छ तर, हामी समेत छौं ।’

उनी नेपालका पूर्वप्रशिक्षक समेत हुन् । १९९९ देखि २००१ सम्म नेपाली टीम सम्हालेका उनी नेपालको प्रशिक्षकका रुपमा पाएको ब्रेककै कारण आफू अहिले यो स्थानसम्म आइपुगेको बताउँछन् । उनी भन्छन्-‘दशरथ रंगशालाको क्षण अविश्मरणीय छ । राष्ट्रिय जर्सी लगाएको ।’

तर, अहिले भारतको प्रशिक्षक भएकाले भारतको जितका लागि खेल्ने बताए ।

भारतीय टीमका कप्तान सुब्रत पलले पनि भोलि घरेलु टोलीविरुद्धको खेल फरक हुने बताए । भारतका लागि चुनौतीपूर्ण हुने भन्दै उनले नेपालविरुद्ध जितकै लागि उत्रने बताए ।

परिणम के हुनसक्छ भन्ने प्रश्नमा भारतीय प्रशिक्षक स्टेफेनले भोलि नै थाहा हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment