Comments Add Comment

अपडेट : नेपाल फेरि भारतसँग पराजित

Bimal-Gharti-magar

२८ फागुन, काठमाडौं । विश्वकप फुटबल २०१८ को प्रारम्भिक छनोटको अवे खेलमा नेपाल भारतसँग पराजित भएको छ ।

बिहीबार राति भएको खेलमा नेपाल घरेलु टोलीसँग २-० गोल अन्तरले पराजित मात्र भएन, गोलको खरेडी टार्न पनि असफल भएको छ । यसअघिका ६ खेलमा पनि नेपाल विपक्षीविरुद्ध गोल गर्न चुकेको थियो ।

विश्वकपसँगै एसियन कप २०१९ को छनोटका रुपमा समेत रहेको प्रतिस्पर्धाको होम गेम आगामी चैत ३ गते काठमाडौंमा हुनेछ ।

गुवाहटीको इन्दिरा गान्धी एथलेटिक स्टेडियममा भएको खेलमा नेपालले पहिलो हाफ गोलरहित बराबरी खेल्यो ।

प्रशिक्षक ज्याक स्टेफानोस्कीले अनिल गुरुङ, जुमानु राई र सन्तोष साहुखललाई बेन्चमा राखेर विमल घर्तीमगर र भरत खवासलाई फवार्डमा खेलाएका थिए ।

२५ औं मिनेटमा भरतले दिएको पासमा विमल घर्तीमगर गोल गर्न चुके । लगतै भरतको प्रहार भारतीय खेलाडीको शरीरमा लगेर फर्किएको बलमा बिमलले गोलको राम्रो प्रयास गरेका थिए ।

भारतले लगातार नेपालमाथि दबाव दिँदै गोलको राम्रो अवसर श्रृजना गरेको थियो । तर, गोल गर्न सकेन र पहिलो हाफ गोलरहित बराबरीमा सकियो ।

तर, दोस्रो हाफको ५३ औं मिनेटमा सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाए । ६३ औं मिनेटमा भारतले गरेको गोललाई रेफीले अफसाइड दिए ।

लगतै जगजित श्रेष्ठको स्थानमा यू-१७ का अन्जन विष्ट मैदान प्रवेश गरे । तर, ७१ औं मिनेटमा सुनिले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई २-० को अग्रता दिलाए ।

८७ औं मिनेटमा भरत खवासको स्थानमा सन्तोष साहुखल मैदान प्रवेश गरेपनि निकै ढिला भइसकेको थियो । नेपाल खेलमा र्फकन सकेन र २-० ले भारतलाई नजिता सम्पिएको छ ।

तस्वीरः गोलनेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment