Comments Add Comment

‘होस्टेल रिटन्र्स’को व्यापार २ करोड ग्रस

hostel-returns
निर्माता सुनिल रावलले ११ दिनमा आफ्नो चलचित्र ‘होस्टेल रिटन्र्स’ले २ करोड ग्रस कमाई गरेको दाबी गरेका छन् । चलचित्र प्रदर्शनमा आएको छैटौ दिनमा १ करोड ४६ लाखको व्यापार गरेको हिसाब निर्माताले  सार्वजनिक गरेका थिए । २ करोड ग्रसको व्यापार हुँदा निर्माताको भागमा ८० लाखको हारहारीको शेयर आउँछ ।

भदौ ४ गतेबाट प्रदर्शनमा आएको चलचित्रको यो व्यापारलाई सुखद मान्नुपर्छ । देशका विभिन्न भुभागमा बन्द र हड्ताल भैरहँदा पनि नेपाली चलचित्रले व्यापारिक रुपमा भने सुखद सन्देश दिएका छन् ।

चलचित्रको यो व्यापारलाई काठमाण्डौका मल्टिप्लेक्सले बढी साथ दिएका छन् । सुरज भुषालले निर्देशन गरेको यो चलचित्रले होस्टेल जीवनको कथा भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment