Comments Add Comment

लगानीको वातावरण बनाउन महासंघको अर्थमन्त्रीसँग अनुरोध

१२ असार, काठमाडौं । उद्योग बाणिज्य महासंघले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसंग औद्योगिक क्षेत्रमा लगानीको वातावरण सिर्जना गरिदिन अनुरोध गरेको छ ।

सोमबार उद्योग बाणिज्य महासंघको एक टोलिले मन्त्री कार्कीसँग भेट गर्दै स्वदेशी एवं विदेशी लगानी आकषिर्त हुनेखालको देशमा वातावरण निर्माण गर्न आग्रह गरेको हो ।

उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले अहिलेको सरकारले नीतिगत स्थिरता, व्यवसायिक सुरक्षा र लगानी मैत्री वातावरण निर्माण जस्ता कुरा प्राथमिकता राख्न सुझाव दिएकी छन् ।

साथै उनले बैकिङ ब्याज दर छिटो छिटो परिवर्तन नहुने व्यवस्था गरिदिन पनि आग्रह गरेकी छन् । उद्योगको लागि न्यून ब्याजदरमा ऋण प्रवाह हुने व्यवस्था हुनुपर्ने उनको भनाई छ ।

प्रत्यक्ष वैदेशिक लगानीलाई निरुत्साहित हुने गरी राजस्व नीति तथा कार्यक्रम ल्याउन नहुने उनको सुझाव छ ।

अध्यक्ष राणाले अनुसन्धानका नाउंमा आआफ्नो क्षेत्राधिकार भन्दा बाहिर गई उद्यमी व्यवसायी माथि गरिएका धरपकड तथा मुद्दा लगायतका कार्यहरूबाट उद्यमी व्यवसायीहरू त्रसित भैरहेको बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment