बुधबार, ११ फागुन, २०७३
OnlineKhabar.com

विचित्र संसार

२४ घन्टामा २७ हार्ट अट्याक, तर पनि मान्छे जिवितै

भनिन्छ नि, काल आएको छैन भने केही गरे पनि मरिदैन । यस्तै भएको छ एक ब्रिटिश नागरिक के रे बुडहालको हकमा । बुरस्टेरशायरमा बस्ने ५४ वर्षिय बुडहाललाई २४ घन्टाभित्र २७ पटक हृदयघात भयो, तर पनि उनी मरेनन् । डाक्टरहरुले असम्भव लाग्ने अवस्थाबाट उनको ज्यान जोगाइछाडे । बुडहाल ‘वाकिङ फुटबल’ खेलिरहेको बेला पहिलोपटक हृदयघात भएर...

आफैंसँग बिहे गर्ने एक महिलाको तयारी, हनिमुन पनि एक्लै जाने

बिवाह गर्न दुई जना व्यक्ति अनिवार्य चाहिन्छ, होइन ? तर एक महिलाले जोडीबिनै बिहे गरेर यो मान्यतालाई ठाडो चुनौति दिन खोज्दै छिन् । बेलायतको साउथ योर्कसायरमा बस्ने ३९ वषिर्या लिन्ने गोल्लोग्ली ‘मिस्टर राइट’ को प्रतिक्षा गर्दागर्दा वाक्क भइन् । अब दाम्पत्य सम्वन्धप्रति उनको भरोसा टुटिसकेको छ । तर विवाहको इच्छा अझै मरेको छैन ।...

फाटेको जिन्स लगाएको अभियोगमा छात्राहरु पक्राउ, प्रहरीले निलडाम हुनेगरी पिट्यो

काठमाडौं । फाटेको जिन्स लगाउने फेसन अहिले संसारभरी व्याप्त छ । केटा हुन् वा केटी, दश ठाउँ फाटेको जिन्स लगाएर फेसनेबल बन्न रुचाउँछन् । तर मुस्लिम देशहरुको कुरा अर्कै छ । हालै इरानमा प्रहरीले जन्मदिन मनाइरहेका एक हुल छात्राहरुलाई धरपकड गर्‍यो । उनीहरुको अपराध थियो, उध्रेको (फाटेको) जिन्स लगाउनु । दक्षिण-पश्चिम इरानको शिराज शहरमा...

मान्छेको लासबाट बहुमूल्य हिरा, एक कम्पनीले गरिरहेको छ यो अनौठो काम

यो कुरा सुन्दैमा पत्यार लाग्दैन । मानिस मरिसकेपछि उसको लासको केही काम लाग्दैन । त्यसैले संस्कार अनुसार जलाउने वा गाड्ने तथा अन्य तरिकाले अन्त्येष्टि गरिन्छ । तर अब भने मान्छेको लास यसरी खेर जाने छैन । मान्छेको लासबाट बहुमूल्य हिरा उत्पादन हुन थालेको छ । एउटा यस्तो प्रविधि तयार भएको छ जसले मानिसको मृत...

६४ वर्षकी महिलाले जन्माइन् जुम्ल्याहा बच्चा

५० वर्ष कटेपछि महिलाले बच्चा जन्माउने भन्ने कुरा दुर्लभ नै हुन्छ । तर स्पेनमा भने एकजना ६४ वर्षकी वृद्धाले बच्चा जन्माएकी छिन्, त्यो पनि जुम्ल्याहा बच्चा । स्पेनको बुर्गस सहरकी महिलाले अस्पतालमा शल्यक्रिया गरी बच्चा जन्माएकी हुन् । ती महिलाले अमेरिकामा गएर कृत्रिम गर्भाधारण गरेकी थिइन् । त्यसअघि ती महिलाले सन् २०१२ मा एक...

एक जोडी लौरो समात्न १० हजार नग्न पुरुषहरुको होडबाजी

पातलो लगौंटी मात्र लगाएका १० हजार पुरुषहरुले गत सप्ताहान्तमा एउटा जापानी मन्दिर परिसरमा एक जोडी लौरोका निम्ति तछाडमछाड गरे । उनीहरु हाडाका मात्सुरी अर्थात् नग्न पुरुष महोत्सवमा भाग लिइरहेका थिए । पश्चिम जापानमा रहेको ओकायामा शहरस्थित सैदाइजी कान्नोन इन मन्दिरमा प्रत्येक वर्ष यो महोत्सव आयोजना हुन्छ । शनिबार राति आयोजना भएको महोत्सवका क्रममा एक...

दिनहुँ हिरोको फोटो खाने निर्णय किन गरे यी फ्यानले ?(भिडियो सहित)

आफ्नो मनपर्ने सेलिब्रेटीका लागि क्रेजी फ्यानहरुको पागलपनका विभिन्न उदाहरणहरु देख्न सुन्न पाइन्छ बेलाबेलामा । यस्तै क्रेजी फ्यानहरुको भीडमा एकजना नितान्त फरक फ्यान उदाएका छन् क्यानडामा । आफ्नो मनपर्ने हिरोप्रतिको उनको हरकतका बारेमा थाहा पाउनुभयो भने तपाइँ तिनछक पर्नुहुनेछ । हफिंटन पोस्टका अनुसार क्यानडाको टोरन्टोमा बस्ने नोह म्यालोनी नामक युवकले हरेक दिन अभिनेता जेसन सिगलको...

गज्जब ! जनतालाई सुत्नका लागि सरकारले दिँदैछ ३५ करोड

काम गर्नेले पो पारिश्रमिकबापत पैसा पाउँछ । सरकारले काम गरेबापत आफ्ना कर्मचारीलाई तलब दिन्छ । सामाजिक सुरक्षा बापत कमजोर बर्गलाई भत्ता दिन्छ । तर यो दुनियामा एउटा यस्तो देश छ, जसले जनतालाई सुत्नका लागि करोडौ रुपैयाँ दिने गरेको छ । जनतालाई पर्याप्त सुत्नका लागि सरकारले बजेट छुट्टाउने भन्ने कुरा अनौठो लाग्नसक्छ । तर जापानमा...

बाहिरैबाट देखिन्छ यी बालिकाको मुटुको धड्कन

सबै मानिसको मुटु धड्किन्छ, तर यसलाई महसुस मात्रै गर्न सकिन्छ । के तपाईं विश्वास गर्न सक्नुहुन्छ, एक बालिकाको मुटुको धड्कन बाहिरैबाट सुनिने मात्रै होइन देखिन्छ पनि । रुसकी यी बालिकाको नाम हो विरसाब्या । मुटु धड्किएको बाहिरैबाट देखिने संभवतः उनी संसारकै एक मात्र व्यक्ति हुन् । विरसाब्या बाहिरबाट हेर्दा सामान्य छिन् । अरु बालिकाहरुजस्तै...

लेखेको कुरा गलत भएपछि पत्रकारले चपाए आफ्नै पत्रिका

स्थानीय एक खेलकुद टोलीका विषयमा आफूले पत्रिकामा लेखेको समाचार गलत ठहरिएपछि एकजना पत्रकारले पत्रिका नै चपाएर खाएका छन् । घटना बेलारुसको हो । त्यहाँको एक चर्चित खेल पत्रिका प्रेसबलका पत्रकार भेचेस्लाभ फेडोरेन्कोभले कन्टिनेन्टल हकी लिग खेलमा डाइनामो मिन्स्क क्लब प्लेअफ चरणमा पुग्न नसक्ने भनी पत्रिकामा लेखेका थिए । तर उनको उक्त भविष्यवाणी गलत ठहरिएपछि...

अनौठो मन्दिर, जहाँ देवीलाई चढाइन्छ हतकडी र साङ्ग्लो

भगवानलाई खुसी पार्न भन्दै भक्तजनहरुले मन्दिरमा गई फलफूल तथा प्रसाद अर्पण गर्दछन् । देवीको मन्दिरमा नरिवल, सिन्दुर, चुरा, धागो, वस्त्र तथा भेटी आदि चढाउने गरिन्छ । तर यो दुनियाँमा एउटा यस्तो देवीको मन्दिर पनि छ जहाँ देवीलाई फूल, प्रसाद वा भेटी होइन, हतकडी र फलामे साङ्ग्लो चढाइन्छ । भारतको प्रतापगढ जिल्लास्थित जोलर ग्राम पञ्चायतमा...

जब एक युवतीले सार्वजनिक बसभित्रै आची गरिन् …

सार्वजनिक सवारीसाधनमा यात्रा गरिरहँदा एकाएक दिशाले च्याप्यो भने तपाईं के गर्नुहुन्छ ? सम्भव भएसम्म रोकेर बस्नुहुन्छ, नत्र गाडी रोक्न लगाउनुहुन्छ होइन त ? तर हङकङकी यी युवतीले भने तेस्रो विकल्प रोजिन् । उनले सबै लाजसरम भुलेर यात्रुले भरिएको सार्वजनिक बसभित्रै सबैले देख्नेगरी आची गरिदिइन् । महिलाले गाडीको अग्रभागमा थचक्क बसेर आची गरिरहँदा प्रौढ यात्रुहरुले...