+
+

पत्नीलाई शपिङ गर्न महिनाको १३ लाख दिन्छन् यी व्यक्ति

एजेन्सी एजेन्सी
२०८० फागुन २७ गते १९:५५

अमेरिकी व्यवसायी अर्टुरो पेस्टाना पछिल्लो समयमा चर्चामा छन् । मानिसहरुले उनलाई दुनियाँकै उत्तम लोग्ने र धेरै महिलाको सपनाको पति भनिरहेका छन् । नभनुन् पनि किन ? उनले आफ्नी पत्नी अमीरा इब्राहिमलाई हरेक महिना शपिंग गर्नका लागि करीब १३ लाख रुपैयाँ बराबरको रकम दिने गर्दछन्।

यतिमात्र होइन, उनले आफ्नी पत्नी अमीरालाई घर काम गर्न पनि दिँदैनन् । अमीराले केही महिनाअघि एक बच्चा जन्माएकी थिइन् । बच्चाको नाम थियागो राखेका छन् उनीहरुले ।

अर्टुरो र अमीराबीच गतवर्षको मे महिनामा बिहे भएको थियो । अर्टुरोले पत्नीलाई कुनै जागिर वा व्यवसाय गर्न पनि दिएका छैनन् । यसो गर्दा छोराको हेरचाह राम्रोसँग नहुने भएकाले उनले पत्नी अमीरालाई सबै सुख सुविधा र मनग्गे धन दिएर घरमै बस्न लगाएका छन् ।

अर्टुरोले १२ वर्षको उमेरमै अमीरासँग चिनाजानी गरेका थिए । डेलीस्टारसँगको कुराकानीमा उनले अमीरालाई डेटिंगका लागि मनाउन पूरै ६ वर्ष लागेको बताउँछन् । अमीरा १८ वर्षकी भएपछि मात्र डेटका लागि तयार भएकी थिइन् । त्यसपछि अर्टुरोले उनलाई खुसी राख्नका लागि आफु जे पनि गर्न तयार हुने बाचा गरे ।

पत्नीलाई राजकुमारी जस्तै व्यवहार

अर्टुरोले आफ्नो घरमा विभिन्न खाजका ऐश आरामका चिजहरु राखेका छन् । उनले पत्नी अमीरालाई राजकुमारी जस्तै व्यवहार गर्छन् र सुविधा दिएका छन् ।

अर्टुरो भन्छन् ः उनको काम निकै जरुरी छ । मलाई लाग्छ कि उनीसँग खुसी रहन पाउने हक छ । त्यसैले मैले उनलाई हरेक महिना १० हजार डलर सम्म खर्च गर्ने छुट दिन्छु । उनले त्यो रकम आफुलाई मन लागेको कुरामा खर्च गर्न सक्छिन् ।

यो १० हजार डलरमा घरायासी खर्चका सामानहरुको बिल संलग्न हुँदैनन् । यो रकम अमीराले आफ्नो व्यक्तिगत शपिंगमा खर्च गर्न पाउँछिन् । घरासायी खर्चको बिल अर्टुरो आफैले भुक्तानी गर्दछन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?