+
+

जंगलमा धुम्रपान नगर्न भनेपछि महिलाले टोकिन् वन कर्मचारीको कान

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते १३:३०

काठमाडौं । छिमेकी मुलुक भारतमा हालै एउटा अनौठो घटना भएको छ । उत्तर प्रदेशस्थित कुक्राइल जंगल क्षेत्रमा एक दम्पत्तिलाई धुम्रपान गर्नबाट रोक्न खोज्नु वन कर्मचारीका लागि निकै महंगो सावित भएको छ ।

ती वन कर्मचारीले वनक्षेत्रमा चुरोट सेवन नगर्न भनेपछि रिसले आक्रोसित एक महिलाले वन उनको कानमा टोकेर सख्त घाइते बनाइदिइन् । गत शनिबार दिउसो सो घटना भएकोमा आइतबार मात्रै स्थानीय पुलिस चौकीमा त्यसको उजुरी परेको बताइएको छ ।

वन हेरालुको रुपमा करार सेवामा रहेका विकास नामका ती २२ वर्षीय कर्मचारीले उजुरीमा भनेका छन्, ‘त्यो जोडी पार्किङ गरिरहेको आफ्नो स्कुटरमा बसिरहेको थियो र चुरोट तानिरहेको थियो । यसो गर्दा वनमा डढेलो लाग्ने जोखिम हुन्छ भनेर मैले वनक्षेत्रभित्र त्यसरी चुरोट नतान्न सुझाव दिएँ। तर उनीहरु आक्रोसित भए र अवस्था छिट्टै नै हिंसात्मक बन्यो ।’

उनले भनेका छन्, ‘वादविवादकै क्रममा महिलाले ममाथि आक्रमण गरिन् र मेरो एउटा कानमा जोडसँग टोकिदिइन् । म त्यहाँ एक्लो तथा घाइते अवस्थामा थिएँ र सहयोगका लागि गुहार मागेँ । तर आसपासमा कोही पनि थिएन । रगताम्मे अवस्थामा म रोइकराइ गर्न थालेपछि आक्रमणकारी जोडी त्यहाँबाट स्कुटर लिएर भाग्यो ।’

वन डढेलो सम्बन्धी दोश्रो चरणको अनुसन्धानका क्रममा आफू उक्त वनक्षेत्रमा गएको बेला त्यसरी आफुमाथि आक्रमण भएको उनले बताएका छन् ।

टोकाइबाट उनको दायाँ कानमा गहिरो घाउ बनेको छ। प्रहरीले अभियुक्तहरुको खोजीकार्य जारी राखेको छ भने आक्रमणमा परेका वन कर्मचारीको उपचार भइरहेको छ। एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?