+
+

फेला पर्‍यो विश्वकै जेठो जंगल, ३९ करोड वर्ष पुरानो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते १८:३०

मानव सभ्यताका रहस्यहरु सुल्झाउनका लागि वैज्ञानिकहरुले विभिन्न खोज अनुसन्धानहरु गरिरहेका हुन्छन् ।

हालै बेलायतमा एउटा यस्तै महत्वपूर्ण खोज भएको छ, जहाँ वैज्ञानिकहरुले ३९ करोड वर्ष पूरानो एउटा जंगल फेला पारेका छन् । यो संसारकै पूरानो जंगल हो । साथै खोजकर्ताहरुले उक्त जंगल नजिकै एक खजाना पनि भेट्टाएका छन् ।

रिपोर्ट अनुसार बेलायतको डेभोन तथा समरसेट इलाकामा क्याम्ब्रिज विश्वविद्यालय तथा कार्डिफ विश्वविद्यालयका वैज्ञानिकहरुले उक्त अनुसन्धान गरेका हुन् ।

सुरुमा त वैज्ञानिकहरुलाई त्यस इलाकामा कुनै ऐतिहासिक तथा पुरातात्विक चिज फेला पर्ने आशा थिएन । तर उक्त खोजले वैज्ञानिकहरुको पूर्वानुमानलाई नै गलत सावित गरिदियो ।

उक्त जंगलका जिवाश्महरु डेभोनियन कालका हुन् जसलाई बेलायतमा अहिलेसम्म प्राप्त सबैभन्दा पुरानो वनस्पतीका जिवाश्म मानिएको छ ।

यो खोजले विश्वको सबैभन्दा पुरानो जंगलको रेकर्ड तोडिदिएको छ । यसअघि अमेरिकाको न्युयोर्क नजिकैको फेला परेको जंगल दुनियाको सबैभन्दा पुरानो जंगलको रुपमा थियो ।

उक्त शोधकार्यका प्रमुख लेखक तथा क्याम्ब्रिज विश्वविद्यालयका प्राध्यापक निल डेभिसका अनुसार आम मानिसहरुालई बेलायतका चट्टानहरुका बारेमा निकै धेरै तथ्य थाहा भैसकेको भन्ने लागेता पनि पछिल्लो खोजले अझै पनि धेरै कुराको खोजी हुनै बाँकी रहेको देखाएको छ ।

उक्त शोधमा वैज्ञानिकहरुले हेंगम्यान स्याण्डस्टोन फर्मेसनदेखि डेभोनियन कालको झण्डै १.४ किलोमिटर लामो चट्टानका बारेमा बताएका छन् । त्यसक्रममा उक्त चट्टान ४१.९ करोडदेखि ३८.५ करोड वर्षसम्म पुरानो हुनसक्ने पत्ता लागेको छ ।

त्यो समयमा पृथ्वीमा जिवनको विस्तार हुन सुरु भएको थियो । वैज्ञानिकहरुले त्यहाँ रुखका हाँगा तथा काण्डहरुका अवशेष पनि फेला पारेका छन् ।

उक्त वनस्पति जसलाई क्यालामोफाइटोन पनि भनिन्छ, त्यो आजको खजुरको रुखसँग मिदोजुल्दो हुन्छ । सो वनस्पति पातलो र भित्रबाट खोक्रो थियो जसमा सयौं हाँगाबिँगा थिए । त्यसबेला के पनि अनुमान गरिएको छ भने उक्त जंगल सायद सुरुवाती जीवहरुको घरको रुपमा थियो ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?