+
+
Shares

कांग्रेस अब सरकारलाई प्रश्न गर्ने अवस्थामा आइपुगेको छ : शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते १४:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वप्रकाश शर्माले रसुवा बाढीपछि सरकारलाई सहयोग गरे पनि अब कांग्रेस सरकारलाई प्रश्न गर्ने अवस्थामा पुगेको बताएका छन् ।
  • उनले रसुवाका जलविद्युत् आयोजनाका सुरूङमा फसेकाको उद्धारमा खेलवाड भएको र मन्त्रीहरू प्रचारबाजीमा रमाएको आरोप लगाए ।
  • छलफलमा स्थानीय जनप्रतिनिधिहरूले पीडितले समयमै राहत र उद्धार नपाएको, एकद्वार प्रणाली र संघीय बेवास्ता समस्या भएको बताएका छन् ।

१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले रसुवा बाढीलगत्तै राष्ट्रिय विपद्लाई एकताका साथ सामना गर्ने नीतिका साथ सरकारलाई सहयोग गरे पनि कांग्रेस अब सरकारलाई प्रश्न गर्ने अवस्थामा आइपुगेको बताएका छन् ।

रसुवाका जलविद्युत् आयोजनाका सुरूङहरूमा फसेकाहरूको प्राविधिकले गर्नुपर्ने उद्धारमा खेलवाड गरेर मन्त्रीहरू प्रचारबाजीमा रमाएको भन्दै उनले कांग्रेस अब सरकारलाई प्रश्न गर्ने अवस्थामा आइपुगेको बताएका हुन् ।

केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुखसमेत रहेका शर्माले बाढी प्रभावित क्षेत्रमा राहत एवं उद्धारमा केन्द्रीत रहेर स्थानीय जनप्रतिनिधिसँग गरेको छलफल क्रममा भने, ‘मानवताविरुद्धको अपराध सरहको काम भएको छ ।’

उनले जनप्रतिनिधिहरूलाई विपत्तिमा एक अर्कालाई सघाउने भावनाका साथ स्थानीय तहबीच समन्वय गरेर सहयोग गर्न पनि आग्रह गरे ।

छलफलको प्रारम्भमा रसुवा, नुवाकोट र धादिङका कांग्रेस सभापतिले पीडित र प्रभावित नागरिकले समयमा उद्धार र राहत नपाएको गुनासो गरेका थिए । संघीय सरकारले स्थानीय सरकार र जनप्रतिनिधिलाई बेवास्ता गरेर काम गर्न खोजेका कारण समस्या आएको उनीहरूको भनाइ थियो ।

राहत सामग्रीको अभाव नरहेको देखिए पनि पीडितहरूले प्राप्त गर्न नसक्नुमा एकद्वार प्रणाली जिम्मेवार रहेको छलफलमा सहभागीहरूले बताए । एकद्वार प्रणाली स्थानीय सरकारले सञ्चालन गर्नुपर्ने उनीहरूको सुझाव थियो ।

छलफलमा शव गृहमा राखेका शवमा पनि लुटपाट भएको, सत्तारूढ दलका नेता कार्यकर्ताले हरेक ठाउँमा पहुँच पाए पनि जनप्रतिनिधिलाई निषेध गरिएको भन्दै आपत्ति जनाए ।

सरकारले भयंकर काम गरेझैं प्रचार–प्रसार गरिए पनि बाढी प्रभावित क्षेत्र राज्यविहीनताको अवस्था रहेको जनप्रतिनिधिहरूले छलफलका क्रममा बताएका छन् ।

छलफलमा नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगाना, गाउँपालिका राष्ट्रिय महासंघका निवर्तमान महासचिव वंशलाल तामाङका साथै रसुवा, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुरका महानगर, नगर र गाउँपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्ष तथा पार्टी प्रतिनिधिहरू सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?