News Summary
Generated by OK AI. Editorially reviewed.- कांग्रेस सांसद रेखा कुमारी यादवले रसुवा बाढीपछि सरकारको सक्रियता र पीडितको भोगाइबीच मेल नरहेको भन्दै सरकारलाई प्रश्न गरेकी छन्।
- उनले विपद्मा नागरिकको ज्यान जोगाउने तयारी, पूर्वसूचना र उद्धार राज्यको जिम्मेवारी भएको भन्दै उद्धारमा ढिलाइ किन भयो भनेर सोधेकी छन्।
- भदौ १० गते भोटेकोशी–त्रिशूली नदीको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखाका तटीय क्षेत्र प्रभावित भएका छन्।
- बाढीमा १ हजारभन्दा बढी शव फेला परेको, ४ हजारभन्दा बढी सम्पर्कविहीन रहेको, ३ सयभन्दा बढी घाइते भएको र करिब १२ हजारको उद्धार गरिएको छ।
१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेखा कुमारी यादवले रसुवा बाढीपछिको अवस्थामा सरकार सक्रिय रहेको दाबी र यथार्थका बीचमा मेल नरहेको टिप्पणी गरेकी छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विपद् आउनु प्राकृतिक घटना भएको बताइन् ।
‘विपत्तिमा नागरिकको ज्यान जोगाउने तयारी, पूर्व सूचना र उद्धार राज्यको जिम्मेवारी हो,’ उनले भनिन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन शाहले बाढीपछिको अवस्था र सरकारको कामकारबाहीबारे ब्रिफिङ गरेका थिए । त्यसक्रममा उनले सरकार समयमै सक्रिय भएको र उद्धारमा कुनै कमी हुन नदिन प्रयासरत रहेको बताएका थिए ।
यसमा कांग्रेस सांसद यादवको प्रश्न छ, ‘सरकारको दाबी र पीडित नागरिकको भोगाइबीच ठूलो फरक देखिन्छ । यदि सूचना समयमै पुगेको थियो भने यति धेरै नागरिक किन बेपत्ता भए ?’
जततउकस्ररधधध।यलष्लिभपजबदबच।अयmरद्दण्द्दटरण्ढरद्दण्ण्ढद्धटण्रछ
साथै कांग्रेस सांसद यादवले उद्धारमा किन ढिलाइ ? भयो भनेर पनि सोधकी छन् ।
भदौ १० गते बुधबार भोटेकोशी त्रिशूली नदीमा विनाशकारी बाढी आएको थियो । उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित छ ।
बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार बढी शव फेला परेको छ । ४ हजार बढी सम्पर्कविहीन छन् । ३ सय बढी घाइते भएका छन् । हालसम्म बाढी प्रभावित क्षेत्रबाट करिब १२ हजारको उद्धार गरिएको छ ।
यो अवस्थाबारे प्रतिनिधिसभामा प्रधानमन्त्री बालेनले जानकारी गराउँदै सरकार नागरिकको ज्यान बचाउन लागि परेको बताएका थिए । तर सरकारको तयारी अझै पुगेन कि भनेर सांसद यादवले सरकारको ध्यानाकर्षण गरेकी हुन् ।
प्रतिक्रिया 4