+
+
Shares

सरकारी सूचनाले महोत्तरी गौशालाका ३४ परिवार आतंकित छन् : सांसद यादव

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १३:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसकी सांसद रेखा कुमारी यादवले महोत्तरी गौशालाका ३४ परिवारलाई जबरजस्ती हटाउने कार्य तत्काल रोक्न सरकारसँग माग गरेकी छन् ।
  • गौशालामा डोजर चलाउने त्रासका कारण स्थानीय ६२ वर्षीय बिनोद शाहजीको हृदयघातबाट मृत्यु भएको सांसद यादवले प्रतिनिधिसभा बैठकमा बताइन् ।
  • तत्कालीन निकायले बसोबास गराएका नागरिकलाई विस्थापित गर्न खोज्दा संविधानप्रदत्त मौलिक अधिकारको उल्लंघन भएको उनले बताइन् ।

१२ जेठ, काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेखा कुमारी यादवले सरकारी सूचनाले महोत्तरी गौशाला ५ का ३४ परिवार आतंकित भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महोत्तरी गौशाला नगरपालिका वडा नम्बर पाँचका जनताको विषयमा सरकारको ध्यानाकर्षण गरेकी हुन् ।

‘यो विषय केवल ३४ घरदैरीको बसोबासको विषय मात्र होइन यो संविधानले प्रत्याभूति गरेको नागरिकको घाँस, बास र कपासको अधिकार, मानवताको सम्मान, कानुनी शासन र लोकतान्त्रिक मूल्यमान्यताको विषय पनि हो,’ उनले भनिन् ।

गौशाला नगरपालिका वडा नम्बर पाँचमा रहेको बजार क्षेत्रमा २०२८ साल अगाडिसम्म स्थायी बजार नभएको स्मरण गर्दै उनले त्यसअगाडि त्यहाँ घुमन्ते प्रकृतिको बजार मात्र संचालन हुने गरेको स्मरण गरिन् ।

स्थानीय सरकारकै तत्कालिन संरचना पञ्चायत आदर्श गाउँपालिका नमुना गाउँ विकास समितिले बजार व्यवस्थापन व्यापारिक गतिविधिको विस्तार र स्थानीय जनताको जीविकोपार्जन सहज बनाउने उद्देश्यले स्थानीय बासीलाई जग्ग भोग चलन गर्न दिएको बताइन् । त्यसयता निरन्तर रुपमा बहाल उठाइएको र कर संकलन गरिएको उनले बताइन् । साथै पक्की घर निर्माणका लागि अनुमति दिएको स्मरण गरिन् ।

रजिस्ट्रेशन तथा मालपोत प्रयोजनका लागि सिफारिस समेत प्रदान गरेको उल्लेख गर्दै उनले सर्वोच्च अदालतको समेत निर्णय विपरित लोकतान्त्रिक मान्य मूल्य मान्यताको विपरीत हटाउन खोजिएको बताइन् ।

‘बिहान बेलुका सूचना टाँस गर्ने, डोजर चलाउने, लगाउने, स्थान चेतावनी दिने, परिवारलाई मानसिक तनाव राख्ने कार्यले त्यहाँका नागरिक आतंकित भएका छन्,’ उनले भनिन् ।

यही मानसिक पीडा र त्रासका कारण ६२ वर्षीय बिनोद बिनोद शाहजीको हृदयघातबाट आइतबार बिहान निधन भएको बताइन् ।

यस्ते खबरले मर्माहित बनाएको भन्दै उनले भनिन्, ‘नेपाल सरकारसँग गौशाला नगरपालिका वडा नम्बर पाँचमा भइरहेको डोजर आतंक तथा जबरजस्ती हटाउने कार्य तत्काल रोकियोस ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?