+
+
Shares

गजुरीमा १२ जेठमा नाटक ‘सुझबुझ’ मञ्चन हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते १३:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धादिङको गजुरी गाउँपालिकामा आगामी १२ जेठमा सामाजिक चेतनामूलक नाटक ‘सुझबुझ’ मञ्चन हुने भएको छ ।
  • गजुरी गाउँपालिकाको आयोजनामा मञ्चन हुने सो नाटकको लेखन तथा निर्देशन पुरु लम्सालले गर्नुभएको हो ।
  • नाटकमा बालविवाह, लागुपदार्थको दुर्व्यसन र प्रविधिको दुरुपयोगले निम्त्याउने सामाजिक समस्यालाई मुख्य विषयवस्तु बनाइएको छ ।

काठमाडौँ । धादिङको गजुरी गाउँपालिकामा आगामी जेठ १२ गते मञ्चन हुन लागेको नाटक ‘सुझबुझ’ को तयारी अन्तिम चरणमा पुगेको छ । गजुरी गाउँपालिका धादिङको आयोजना तथा नाट्य संस्था ‘आदिइत्यादि’ को प्रस्तुतिमा नाटक मञ्चन हुन लागेको हो ।

लेखन तथा निर्देशन पुरु लम्सालले गरेका हुन् । समाजमा देखिँदै गएका जल्दाबल्दा र संवेदनशील समस्यालाई समेटेर तयार पारिएको नाटकमा स्थापित तथा उदयीमान कलाकारको सशक्त अभिनय हेर्न पाइनेछ ।

नाटकमा दिवाकर घिमिरे, दीपमाला परियार, सागर कार्की, सेविता अधिकारी, अन्जु खड्का र रुविन सुनारलको अभिनय छ । आधुनिक प्रविधि र सामाजिक सञ्जालको गलत प्रयोगका कारण निम्तिने विभिन्न जोखिमको बारेमा नाटकमार्फत सचेतनाको सन्देश पनि दिइने भएको छ ।

व्यस्तताका कारण अभिभावकले आफ्ना बालबालिकालाई पर्याप्त समय नदिँदा उनीहरूको मनोविज्ञान र भविष्यमा कस्तो नकारात्मक परिणाम निस्कन्छ भन्ने कुरालाई पनि नाटकमा बडो मार्मिक ढंगले देखाइने छ ।

नाटकले विशेष गरी युवा पुस्तामा बढ्दो लागुपदार्थको दुव्र्यसनी र यसले समाजमा पारेको गम्भीर असरलाई प्रस्तुत गर्नेछ । समाजमा अझै पनि चुनौतीका रूपमा रहेको बालविवाह र यसले समाजमा पार्ने बहुआयामिक प्रभावलाई समेत नाटकको मुख्य विषयवस्तु बनाइएको छ ।

सामाजिक रूपान्तरण र जनचेतना अभिवृद्धिका लागि अत्यन्तै प्रभावकारी हुने अपेक्षा गरिएको यो नाटक बिहान ११ः०० बजे गजुरीस्थित आदर्श माध्यमिक विद्यालयको प्राङ्गणमा प्रदर्शन गरिने कार्यक्रम तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?