News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले मोबाइल बैंकिङ र डिजिटल वालेटको सुरक्षा प्रणाली बलियो बनाउन सरकारसँग माग गरे ।
- एनटीसी र एनसेलका पुराना सिम कार्डबाट ठगी बढेकाले उनले तत्काल केवाईसी भर्न लगाउने व्यवस्था गर्न आग्रह गरे ।
- साइबर अपराध नियन्त्रण गर्न कल डिटेललगायतका विवरण लिन अदालतको आदेश कुर्नुपर्ने झन्झटिलो व्यवस्था हटाउन उनले सुझाव दिए ।
१२ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले मोबाइल बैंकिङ र डिजिटल वालेटको सुरक्षा प्रणालीमा ख्याल गर्न सरकारको आग्रह गरेका छन् ।
प्रणाली कमजोर भएका कारणले आम मान्छेहरुको बैंकबाट पैसा चोरी भइरहेको भन्दै उनले प्रश्न गरेका छन्, ‘यसको जिम्मेवारी कस्ले लिने हो ?’
सोमबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै उनले पुरानो सिम कार्डहरूबाट ठगी गर्नेहरू बढेको बताए ।
‘ठगीमा परेका नागरिकलाई न्यायसहित रकम फिर्ता गर्ने व्यवस्था गरियोस्,’ उनले भनेका छन्, ‘एनटिसी र एनसेलको पुरानो सिम कार्डहरुबाट ठगी भइरहेको हुदा केवाइसी तत्काल भर्न लगाइयोस् ।’
साइबर अपराध तत्काल रोकथाम र नियन्त्रणका लागि कल डिटेललगायत आवश्यक सूचना प्राप्त गर्न अदालतको आदेश कुर्नुपर्ने झन्झट हटाई प्रभावकारी एकद्वार प्रणाली लागु गर्न पनि उनको सुझाव छ ।
साथै, साइबर अपराधमा संलग्न ह्याकरहरूलाई तत्काल पहिचान गरी कडा कानुनी कारबाही गर्न उनको माग छ ।
प्रतिक्रिया 4