+
+
Shares

वर्षा अगावै डुबानको त्रासबाट नागरिकलाई मुक्ति दिलाउन सांसदको माग

आफ्नो निर्वाचन क्षेत्रमा पर्ने टेग्रा खोला र किसिला खोलाको डुबानले हरेक वर्ष जनधनको क्षति पुर्‍याउँदै आएको उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २४ गते १४:०२

२४ चैत, काठमाडौं । वर्षा अगावै डुबानको त्रासबाट नागरिकलाई मुक्ति दिलाउने गरी काम गर्न सरकारको ध्यानाकर्षण गरिएको छ ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोककुमार चौधरीले यस्तो माग गरेका छन् ।

आफ्नो निर्वाचन क्षेत्रमा पर्ने टेग्रा खोला र किसिला खोलाको डुबानले हरेक वर्ष जनधनको क्षति पुर्‍याउँदै आएको उनले बताए । ‘स्थानीय बासिन्दा बर्सेनि त्रास र असुरक्षाबिच जीवनयापन गर्न बाध्य छन्’, उनले भने ।

सुनसरीका नागरिकलाई बर्सेनि दोहोरिने डुबानबाट मुक्ति दिलाउन प्राविधिक अध्ययन गरी वैज्ञानिक रूपमा समस्या समाधान गर्नेतिर ध्यान दिन उनले सरकारलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?