१२ जेठ, काठमाडौं । थापागाउँमा अवस्थित मण्डला थिएटरमा आगामी जेठ २२ गतेदेखि लाहुरी भैंसी नाटक मञ्चन हुनेभएको छ । नाटकमा नेपाली ग्रामीण समाजको जीवन, संघर्ष, सपना र सामाजिक यथार्थलाई देख्न सकिने निर्देशन अनुप न्यौपानेले जानकारी दिएका छन् ।
प्रसिद्ध कथाकार रमेश विकलको कथामा आधारित यस नाटकलाई संयोग गुरागाईंले नाट्य रूपान्तरण गरेका हुन् ।
नाटक ए. जे. बब स्टुडियो तथा क्रुक इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुतिमा मञ्चन हुन लागेको हो । यो नाटककले नेपाली ग्रामीण समाजको सामाजिक र आर्थिक संरचनालाई प्रतिबिम्बित गर्ने बताइएको छ ।
लुखुरे, घैंटी र पोडेको सानो परिवारले एउटा भैंसी किनेर आफ्नो जीवन सुधार्ने सपना देख्छ । तर त्यो सपना समाजको शक्ति संरचना, वर्गीय विभाजन र शोषणको चक्रमा फस्दै जान्छ ।
निर्देशक अनुपका अनुसार समाजको शक्ति, गरिबी, सपना र निराशाको चक्रलाई रंगमञ्चमार्फत दर्शकसमक्ष पुर्याउने प्रयास यस नाटकमा गरिएको छ ।
नाटक सम्बन्धी विवरण
नाटक: लाहुरी भैंसी
कथाकार: रमेश विकल
नाटककार: संयोग गुरागाईं
निर्देशक: अनुप न्यौपाने
प्रस्तुति: ए. जे. बब स्टुडियो र क्रुक इन्टरटेन्मेन्ट
मञ्चन स्थल : मण्डला थिएटर, थापागाउँ
प्रदर्शन समय : २०८३ जेठ २२ देखि असार ७ गतेसम्म
समय : हरेक दिन साँझ ५:३० बजे
अतिरिक्त शो : शनिबार दिउँसो १:३० बजे
प्रतिक्रिया 4