+
+

खास्टे ताल किनारमा पोखरेली साहित्यकारले सम्झिए प्रकट पंगेनी

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते १६:३३

१६ वैशाख, गण्डकी । पोखरेली साहित्यकारहरूले पोखरा महानगरपालिका-२६मा रहेको खास्टे ताल किनारमा दिवंगत साहित्यकार प्रकट पंगेनी ‘शिव’लाई सम्झिएका छन् ।

खास्टेताल किनारस्थित ज्येष्ठी बाराही मन्दिर परिसरमा स्वर्गीय पंगेनीप्रति सम्मान र सम्झना गर्दै अक्षरयात्रा सुरु भएको थियो । अक्षरयात्राको २ सय १०औं श्रृंखलामा २६ जना कवि तथा कवयत्रीले रचना सुनाएका थिए ।

पोखरेली साहित्यकारले प्रत्येक महिनाको तेस्रो शनिबार साहित्यिक अभियान ‘अक्षरयात्रा’ सञ्चालन गर्दै आएका छन् । साहित्यका माध्यमबाट गाउँ पर्यटनलाई जोड्ने उद्देश्यसहित सञ्चालन गरिएको अभियानअन्तर्गतको यस श्रृङ्खलामा कविहरूले खास्टे ताल किनारमा साहित्यिक रचनाका माध्यमबाट जीवन र जगतको यथार्थ खोजी गर्ने प्रयासमा गर्दै आएका छन् ।

साहित्यकार तीर्थ श्रेष्ठले खास्टेमा लगाइएका कमलका फूलको संरक्षण गर्दै ज्येष्ठी बाराही मन्दिरका माध्यमले धार्मिक पर्यटनलाई बढावा दिन सकिने धारणा राख्ने । साहित्यकार गणेश पौडेलले स्रष्टाले देशको भाषा, संस्कृति र साहित्यको संरक्षण एवम् विकाशका लागि विभिन्न ठाउँमा गई कार्यक्रम गर्नु प्रशंसनीय भएको बताए ।

विसं २०६२ असार १८ देखि गजल सन्ध्या पोखरा र नवनित साहित्यसागरको संयुक्त आयोजनामा सञ्चालन भइरहेको अक्षरयात्रा तत्कालीन समयमा साहित्य लेखनमा क्रियाशील प्रकट पगेनी ‘शिव’, दीपक समीप, कृष्ण उदासी, लक्ष्मण थापालगायतको सक्रियतामा सुरू गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?