+
+

अमेरिकी रोमान्टिक लेखकले गुगल ड्राइभमा गुमाए २ लाख शब्द

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १३:५७

विश्वमा करोडौं मानिसहरुले गुगल प्रयोग गर्दछन् । गुगलले आफ्ना प्रयोगकर्तालाई विभिन्न सुविधा दिन्छ। यसमा गुगल ड्राइभ पनि निकै उपयोगी सेवा हो ।

तर, अमेरिकी रोमान्टिक उपन्यास लेखक के रेनीले आफ्नै गुगल अकाउन्टको गुगल ड्राइभमाथिको पहुँच गुमाउनु पर्‍यो ।

उनको गुगल ड्राइभमा उनले २ लाखभन्दा धेरै शब्दहरू भएको एउटा डकुमेन्ट लेखेर राखेर थिए । तर, आफ्नै गुगल ड्राइभमा पहुँच गुमेपछि उनले आफैंले लेखेका दुई लाख २२ हजार शब्दहरू पनि गुमाउन पुगेका छन् । गुगलले लेखक रेनीले लेखेको उक्त सामग्री अनुचित भएको बताएको छ ।

समाचार अनुसार रोमान्टिक उपन्यास लेखक के रेनीले लेखेका ती सामग्रीलाई गुगलले गत मार्च २४ मा अनुचित घोषित गरेको थियो ।

उनले एकसाथ विभिन्न १० वटा सिर्जनामा काम गरिरहेका थिए । उनले फरक-फरक फाइल तथा फोल्डरहरुमा त्यसलाई राखेका थिए । तर, कुल दुई लाख २० हजार शब्दभन्दा बढी लेखिसकेका ती सबै सिर्जना एकसाथ स्वाहा भएका छन् ।

गुगलले कारबाही गर्दै ती सबै शब्दहरूलाई फ्रिज गरिदिएको छ । अब उनले आफ्नो गुगल ड्राइभमा गएर ती सामाग्रीहरु हेर्न सक्दैनन्।

वास्तवमा कुनै पनि सामग्री लेख्नका लागि निकै समय तथा मिहिनेत लाग्दछ । यस्तोमा यदि कुनै पनि प्लाटफर्मले आफ्नो कुनै सामग्रीलाई अनुचित भनेर हटाइदिन्छ भने त्यो लेखकका लागि ठुलो झट्का हुन्छ। ती अमेरिकी लेखकलाई पनि त्यस्तै भएको छ । तर, आफूलाई नियम उल्लंघन गरेको भनेर गुगलले कहिल्यै पनि जानकारी नगराएको उनले बताएका छन् ।

गुगल ड्राइभमा यस्ता सामग्री नराख्नुस्

स्मरण रहोस् गुगलले आफ्ना कुनै पनि प्लाटफर्ममा राखिएका सामग्रीहरुमा निकै सूक्ष्म ढंगले निगरानी गरिरहेको हुन्छ । अनि कुन सही र कुन गलत भनेर पहिचान गर्दछ ।

गुगल ड्राइभका नियम तथा शर्तहरुमा कुनै पनि किसिमको हिंसा, बाल यौन दुराचार आदिलाई प्रतिबन्धित गरिएको छ ।

गुगलका अनुसार यदि ड्राइभमा प्रतिबन्धित भएको आफ्नो सामग्री ठीक छ भन्ने लागेमा प्रयोगकर्ताले त्यस्तो प्रतिबन्धका विरुद्धमा अपिल गर्न वा प्रतिबन्ध फुकुवाका लागि अनुरोध गर्न सक्दछ ।

ती अमेरिकी लेखकका सामग्रीमा कुनै पनि खालको प्राविधिक कमजोरी पाइएको थिएन । तर पनि त्यसलाई गुगलका तर्फबाट अनुचित ठहर गरियो ।

रोमान्टिक उपन्यास लेखकका दुई लाख बढी शब्दमा के त्यस्तो आपत्तिजनक तथा अनुचित कुरा थियो भन्ने खुलाइएको छैन ।

के गुगल ड्राइभमा डेटा सुरक्षित हुन्छन् ?

यद्यपि गुगल ड्राइभमा आएको यस्तो खालको समस्या यसअघि पनि देखिइसकेको छ । त्यसैले आफ्ना सामग्रीहरुलाई सुरक्षित राख्नका लागि इन्टरनेट प्रयोगकर्ताहरु कुनै एउटा मात्रै क्लाउड स्टोरेजको भर पर्नु हुँदैन।

यदि तपाईंका सबै अत्यावश्यक फाइलहरु एउटा मात्रै ठाउँमा राखिएको भएमा भविष्यमा यी अमेरिकी लेखकले भोगेजस्तै अवस्था तपाईंले पनि भोग्नुपर्ने हुनसक्छ ।

कुनै पनि समयमा आफ्ना महत्वपूर्ण डेटा गुमाउनुपर्ने हुनसक्छ। त्यसैले आफ्ना फाइल वा डेटाहरु राख्नका लागि एकभन्दा धेरै क्लाउड स्टोरेजको प्रयोग गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?