+
+

जसपा नेपालले फिर्ता लियो सरकारलाई दिएको समर्थन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ३१ गते १६:५१

३१ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

जसपा संसदीय दलका नेता उपेन्द्र यादवले सोमबार सभामुखलाई पत्र लेखेर सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् ।

जसपा नेपालबाट उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले सोमबार बिहान मात्र राजीनामा दिएका थिए । सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएकाले अब प्रतिपक्षमा बसेर रचनात्मक भूमिका निर्वाह गर्ने यादवले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?