+
+
Shares

जनार्दन, सीके र उपेन्द्रसहितका नेताहरू छलफलमा

छलफलका विषयहरू खुलाइएका छैनन् । यद्यपि आफूहरू अहिले छलफलमा बसिरहेको जानकारी प्रलोपाका संरक्षक जनार्दन शर्माले दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १७:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा, सीके राउत र उपेन्द्र यादव लगायतका नेताहरू ललितपुरमा छलफलमा जुटेका छन् ।
  • छलफलमा आम जनता पार्टीका अध्यक्ष प्रभु साह र जसपा नेपालका नेता जितेन्द्र सोनल लगायतको पनि सहभागिता रहेको छ ।
  • छलफलका विषयवस्तु नखुलाउँदै संरक्षक शर्माले भने, ‘हामी छलफलकै चरणमा छौं, केही निचोड आएपछि जानकारी गराउँछौं ।’

१८ साउन, काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा, जनमत पार्टीका अध्यक्ष सीके राउत, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरू छलफलमा जुटेका छन् ।

सोमबार अपराह्न उनीहरू ललितपुरमा छलफल गरिरहेका हुन् । छलफलमा आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, जसपा नेपालका नेता जितेन्द्र सोनल लगायत पनि सहभागी छन् ।

छलफलका विषयहरू खुलाइएका छैनन् । यद्यपि आफूहरू अहिले छलफलमा बसिरहेको जानकारी प्रलोपाका संरक्षक जनार्दन शर्माले दिए ।

‘हामी छलफलकै चरणमा छौं । केही निचोड आएपछि जानकारी गराउँछौं, ’ संक्षिप्त कुराकानीमा शर्माले भने ।

जसपा नेपालका अध्यक्ष यादवले पनि छलफलमा रहेको बताए । यद्यपि निष्कर्ष केही नआएको र निचोडबारे पछि जानकारी गराइने उनले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?