+
+

अमेजनको जंगलमा भेटियो संसारकै ठूलो सर्प

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते १४:५१

काठमाडौं । अमेजन जंगलको सबैभन्दा रहस्यमय तथा शक्तिशाली जीव हो एनाकोन्डा सर्प । वर्षौँदेखि यो जीवमाथिको अध्ययन चलिरहेको छ । यसैबीच अमेजन जंगलमै विश्वकै अहिलेसम्मको ठूलो अर्थात् बढि वजन भएको एनाकोन्डा सर्प फेला परेको छ ।

उत्तरी हरित एनाकोन्डा प्रजातिको उक्त सर्प शोधकर्ताहरुले हालै फेला पारेका हुन् । यो एनाकोन्डाको भिडियो ट्वीटरमा सार्वजनिक भएको छ ।

ग्रीन एनाकोन्डा विश्वकै सबैभन्दा वजनदार तथा सबैभन्दा लामो सर्प हो ।

हालै फेला परेको किर्तिमानी एनाकोन्डाको टाउको मानिसको जत्रै छ । एनाकोन्डाको कूल लम्बाई २६ फिट तथा वजन करीब २०० केजी छ । स्मरण रहोस् ग्रीन एनाकोन्डा दक्षिण अमेरिकाका नदीहरु त्था सिमसार क्षेत्रहरुमा पाइन्छ ।

एनाकोन्डा हेर्दा विशालकाय र सुस्त देखिन्छ यद्यपि यो देखिएजस्तो चाहीँ हुँदैन । यसले निकै फुर्तीसाथ आफ्नो सिकार पक्रिन्छ । त्यसरी पक्रिएको सिकार जीवलाई आफ्नो सरीरले बेरेर स्वास फेर्न रोक्दछ र मारेपछि पूरै निलिदिन्छ ।

शोधकर्ताहरुका अनुसार उत्तरी हरित एनाकोन्डा र दक्षिणी हरित एनाकोन्डा उप प्रजाति एक करोड वर्षअघि छुट्टिएका थिए । यी दुई उप प्रजातिमा कुन धेरै ठूलो र भारी ? भन्ने सवाल हालसम्म अनुत्तरित रहेकोमा पछिल्लो खोजले त्यसको जवाफ दिएको छ ।

ग्रीन एनाकोन्डा ओलिभ ग्रीन रंगको हुन्छ र त्यसको बीच बीचमा कालो धब्बा हुन्छन् । त्यसैले हरियाली क्षेत्रमा यो झ्वाट्ट देखिँदैन । यो आम रुपमा अमेजन र ओरिनिको नदी बेसिनमा पाइन्छ ।

लुकेर आक्रमण गर्ने, धैर्य र तिव्रताका कारणले यसलाई सबैभनदा खतरनाक जीव बनाइदिएको छ । यसले गोही, हरिण तथा गाईजस्ता जीवलाई एकैपटकमा निलिदिन सक्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?