+
+

चन्द्रमामा बुलेट रेल चलाउने तयारीमा जापान, पृथ्वीदेखि मंगलसम्म हुनेछ कनेक्टिभिटी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १२ गते ८:१३

जब पहिलोपटक मानिसले चन्द्रमामा पाइला टेकेको थियो त्यसलाई मानव इतिहासको एउटा ठूलो छलाङ मानिएको थियो ।

चन्द्रमामा मानव पाइला परेको पनि ५० वर्षभन्दा धेरै भैसकेको छ र अहिले विश्वका विभिन्न देशहरु चन्द्रमामा मानववस्ती बसाल्ने योजना बुनिरहेका छन् । सायद निकट भविष्यमा त्यस्तो दिन पनि आउनेछ जब चन्द्रमामा मानव बस्तीको स्थापना गरिनेछ र त्यहाँ मानिसहरु बस्न थाल्नेछन् ।

वैज्ञानिकहरु यसको योजना निर्माणमा जुटिरहेका छन् र यसैबीचमा जापानी वैज्ञानिकहरुले चन्द्रमामा बुलेट रेल चलाउने तयारी पनि सुरु गरेका छन् ।

जापानको क्योटो विश्वविद्यालयका शोधकर्ताहरुले सन् २०२२ मै काजिमा कन्स्ट्रक्सनसँग मिलेर पृथ्वीलाई चन्द्रमा र मंगल ग्रहसम्म जोड्ने रेलको निर्माण गर्ने योजनामा काम गरिरहेका छन् । योसँगै पृथ्वीभन्दा बाहिर मानिसहरुलाई बसाउनका लागि एउटा कृत्रिम आवास बनाउने योजना पनि रहेको छ ।

अन्तरग्रह रेलसेवाको प्रोटोटाइपमा काम हुँदै

यो कुरा पढिरहँदा कुनै साइन्स फन्टासी जस्तो लाग्नसक्छ । तर, यो सत्य हो कि जापानी शोधकर्ताहरु यसका लागि एउटा जिवन्त आवास बनाउने योजनामा जुटेका छन् । यो एउटा सोली आकारको भवन हुनेछ जसमा पृथ्वीमै जस्तो गुरुत्वाकर्षण तथा वातावरण तयार गरिनेछ ।

उक्त भवनको नाम ग्लास राखिएको छ । यसको बनावटले मानिसको शारीरिक रचनालाई कम गुरुत्वाकर्षण वा शून्य गुरुत्वाकर्षणको स्थितिमा कमजोर हुनबाट बचाउनेछ। यसमा कृत्रिम गुरुत्वाकर्षणसँगै पृथ्वीकै जस्ता सुविधाहरु हुनेछन् ।

त्यसमा एक ग्रहबाट अर्को ग्रहमा जानका लागि ट्रान्जिटका साथै हरियाली र पानीको सुविधा पनि हुनेछ । काजिमा कन्स्ट्रक्सनले यो भवनको एउटा काल्पनिक नमूना पेस गरेको छ, जसमा यसको पूर्ण योजना देखाइएको छ ।

साधारण भाषामा भन्नुपर्दा यो एउटा उल्टो सोली जस्तै हो जुन पृथ्वीजस्तै लगातार घुमिरहनेछ। परिक्रमणका कारण यसको केन्द्रमा एउटा दबाब सिर्जना हुनेछ जसका कारण यसभित्र पृथ्वीमै जस्तो गुरुत्वाकर्षणको अनुभूति हुनेछ ।

वैज्ञानिकहरुका अनुसार सन् २०५० सम्ममा १३ सय फिट अग्लो तथा ३२८ फिट व्यासको एउटा प्रोटोटाइप तयार हुनेछ ।

यद्यपि यसको अन्तिम भेरिएन्ट बनेर सञ्चालन हुनका लागि भने एक शताब्दीसम्मको समय लाग्नसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?