+
+
Shares

आईपीएएसबाट प्राप्त ७ लाख रुपैयाँ घेदुङले बाढीपीडितलाई सहयोग गर्ने 

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २४ गते ८:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईपीएएसले नेपाल तामाङ घेदुङलाई रसुवाको भोटेकोशी बाढीपीडितका लागि ७ लाख रुपैयाँ सहयोग गरेको छ।
  • आईपीएएसका प्रतिनिधिले संघीय अध्यक्ष रामकृष्ण ब्लोन तामाङलाई ७ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।
  • अध्यक्ष तामाङले सहयोग रकम वास्तविक पीडितसम्म पारदर्शी र प्रभावकारी ढंगले पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

२४ भदौ, काठमाडौं । एसियाका आदिवासी जनजातिको ऐक्यबद्धता कोष (आईपीएएस) ले नेपाल तामाङ घेदुङलाई ७ लाख रुपैयाँ सहयोग गरेको छ ।

आईपीएएसका प्रतिनिधिले उक्त रकम नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष रामकृष्ण ब्लोन तामाङलाई ७ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

आईपीएएसले उपलब्ध गराएको उक्त रकम १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितलाई सहयोग गर्ने फोनिज संघीय कोषाध्यक्ष अर्जुनबहादुर तामाङले जानकारी दिए ।

चेक हस्तान्तरण गर्दै आईपीएएसका कार्यकारी सदस्य डा. प्रतिमा गुरुङले घेदुङसँग सहकार्य गर्ने प्रतिबद्धता जनाइन् ।

घेदुङका संघीय अध्यक्ष तामाङले प्राप्त सहयोग रकमलाई बाढीबाट प्रत्यक्ष रूपमा प्रभावित वास्तविक पीडितसम्म पारदर्शी र प्रभावकारी ढंगले पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?