+
+
Shares

बाढीपीडितलाई अपमानित गराउने भिडियो सामाजिक सञ्जालमा राख्ने व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते ११:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाढीपीडितलाई अमानित गर्ने भिडियो सामाजिक सञ्जालमा राखेको आरोपमा २४ वर्षीय वीरेन्द्र मडै पक्राउ परेका छन् ।
  • प्रहरीका अनुसार मडैले भोटेकोशी बाढी पीडित र विभिन्न जातजातिलक्षित होच्याउने, अपमानित गर्ने र विपत्तिमा खुसी मनाएको भिडियो राखेका थिए ।
  • केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले मडेविरुद्ध साइबर कसुरमा अनुसन्धान अघि बढाएको छ ।

२२ भदौ, काठमाडौं । बाढीपीडितलाई अमानित गराउने किसिमका भिडियोहरू सामाजिक सञ्जालमा राखेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बैतडीको सुर्नया गाउँपालिका–७ घर भइ काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ बस्दै आएका २४ वर्षीय वीरेन्द्र मडै छन् ।

उनलाई प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीले पक्राउ गरेको हो ।

उनले भोटेकोशी बाढी पीडित तथा विभिन्न जात जाती लक्षित होच्याउने, अपमानित गर्ने र विपत्तिमा खुसी मनाएको भिडियो सामाजिक सञ्जालमा राखेको प्रहरीले बताएको छ । उनीविरुद्ध साइबर कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?