+
+
Shares

भोटेकोशी बाढी पीडितका लागि विराटनगरमा नाटक मञ्चन

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २२ गते ११:४६

२२ साउन, विराटनगर । विराटनगरको आरोहण गुरुकुलमा ‘सिफारिस’ नाटक मञ्चन सुरु भएको छ । भोटेकोशी बाढीपीडितको सहयोगका लागि आइतबारबाट नाटक मञ्चन सुरु भएकाे हाे ।

साहित्यकार धिरज राईको कथामा आधारित नाटक ‘सिफारिस’ भदौ २४ गतेसम्म हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ ।

नाटकबाट प्राप्त सम्पूर्ण रकम नेपाल सरकारको आधिकारिक विपद् उद्धार तथा राहत कोषमा जम्मा गरिने कार्यक्रम संयोजक देवेन्द्र यादव ‘आरोग्य’ले जानकारी दिए ।

नाटकमा दानबहादुर अधिकारी, राजेश ठाकुर, निशान चौहान राई, महेश पासवान, सङ्गीता यादव, प्रदीप दाहाल, गीता कोइराला, अमिशा वाग्ले, डेविड विष्ट, स्नेहा पोख्रेल र भरत कार्की कलाकारले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?