+
+

४५ वटा स्वीटर लगाएर युवतीले राखिन् विश्व कीर्तिमान  (भिडियो सहित)

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते ११:००

अमेरिकाको वाशिंटनकी वासिन्दा सोफिया हाइडेनले आफ्नो जीउमा एकसाथ ४५ वटा स्वीटर लगाएर गिनिज बुकमा नाम लेखाएकी छिन् ।

सोफियाले एकपछि अर्को गर्दै साइट बढाउँदै ४५ वटा स्वीटर लगाइन् ।

अघिल्लो स्वीटर लगाएर त्यसलाई कम्मरसम्म तानेपछि मात्रै अर्को स्वीटर लगाउनुपर्ने थियो र खुम्चिएकोलाई गणना गरिन्नथ्यो ।

स्मरण रहोस् यसअघि सर्वाधिक स्वीटर लगाएको कीर्तिमान फ्रान्सका ११ वर्षीय थोमस होक्येट उमाम्बोको नाममा थियो र उनले सन् २०२२ मा आफ्नो जीउमा एकै पटकमा ४० वटा स्वीटर लगाएका थिए ।

थोमसले भन्दा ५ वटा स्वीटर बढी पहिरिएर सोफियाले कीर्तिमान आफ्नो नाममा पारेकी हुन् ।

वास्तवमा सोफियाको परिवारमा गिनिज बुकमा नाम लेखाउने उनीमात्रै छैनिन्, उनको खलक नै कीर्तिमानधारी छ । उनकी आमा अलेसान्ड्राले सबैभन्दा लामो समयसम्म कुरुसले कपडा बुनेर विश्व कीर्तिमान राखेकी छिन् । उनले लगातार ३४ घण्टा ७ मिनेटसम्म कुरुस चलाएर कीर्तिमान कायम गरेकी हुन् ।

तथापि अलेसान्ड्राले छोरी सोफियाले लगाउने कीर्तिमानी स्वीटर भने तयार पार्न पाइनन् । किनकि सोफियाले लगाएका सबै स्वीटर बजारबाट खरिद गरिएका थिए ।

छोरीका लागि पर्याप्त स्वीटर खरिद गर्नका लागि निकै मिहिनेत गर्नु परेको अलेसान्ड्रा बताउँछिन् । उनले ओल्ड नेभी, टार्गेट तथा कोहल लगायतका स्टोरबाट स्वीटर खरिद गरेकी थिइन् ।

गिनिज वर्ल्ड रेकर्डस्का लागि सोफियाको स्वीटर लगाउने कार्यक्रम उनको स्थानीय स्थानीय पुस्तकालयमा भएको थियो । कीर्तिमान कायम गरेसँगै उनले ती सबै स्वीटर च्यारिटीका लागि दान गरेकी छिन् ।

शरीरमा एकपटकमा सर्वाधिक स्वीटर लगाउने विधामा गिनिज बुकमा पहिलोपटक सन् २०१४ मा कीर्तिमान दर्ज भएको थियो । गुइलेर्मो रोड्रिगेजले त्यतिबेला २५ वटा स्वीटर एकसाथ लगाएका थिए ।

सो कीर्तिमानलाई सन् २०१६ मा जर्मनीका एन्ड्री ओर्टोल्फले भंग गरेका थिए भने अमेरिकाका थियोडोर किन्सेल्लाले ३० वटा स्वीटर लगाएर सन् २०२१ मा कीर्तिमान आफ्नो नाममा लेखाएका थिए ।

त्यसको एकवर्षपछि थोमसले ४० वटा स्वीटर लगाएर रेकर्ड कायम गरेकोमा सोफियाले ४५ वटा स्वीटर लगाउँदै कीर्तिमान आफ्नो नाममा पारिन् ।

-गिनिज वर्ल्ड रेकर्डस् डटकम बाट

भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?