+
+

अनौठो छ बैंककको पूरा नाम, विश्व कीर्तिमान कायम

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १४:३१

थाइल्याण्डको राजधानी सहर बैंकक पर्यटकहरुको केन्द्र नै हो भन्दा फरक पर्दैन । बर्सेनि  लाखौं पर्यटकहरु विश्वभरबाटै बैंककमा आउँछन् ।

उसो त बैंकक विभिन्न परिकार, पार्टी तथा प्राकृतिक सुन्दरताका कारण विश्वभर प्रसिद्ध छ । तर कमैमात्र मानिसलाई बैंकको वास्तविक तथा पूरा नाम के हो ? भन्ने थाहा होला ।

वास्तवमा बैंककको पूरा नाम यतिधेरै लामो छ कि संसारकै लामो नामको सहरको रुपमा विश्व कीर्तिमान नै कायम गरेको छ ।

हालै एउटा भाइरल भिडियोका कारण यो नाम पुनः चर्चामा आएको छ । बैंकको पूरा नाम केवल अक्षरहरुको श्रृंखलामात्रै होइन, यो एउटा कविता जस्तै छ ।

उक्त भाइरल भिडियोमा बसमा रहेका पर्यटकहरुलाई एकजना महिला टूर गाइलेले बताए अनुसार बैंककको पूरा नाम Krung Thep Mahanakhon Amon Rattanakosin Mahinthara Ayuthaya Mahadilok Phop Noppharat Ratchathani Burirom Udomratchaniwet Mahasathan Amon Piman Awatan  Sathit Sakkathattiya Witsanukam Prasit” हो ।

यसको अर्थ परीहरुको सहर, अमर मानिसहरुको महान सहर, नवरत्नको शानदार सहर, राजाको सिंहाशन, शाही महलहरुको सहर, देवताहरुको अवतारको घर, इन्द्रको आदेशमा विश्वकर्माले बनाएको सहर भन्ने हुन्छ ।

थाईहरुले चाही बैंककको यो नामलाई छोटकरीमा क्रुंग थेप महा नखोन भन्छन् । बैंककको पूरा नामले ऐतिहासिक तथा सांस्कृतिक महत्व राख्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?