+
+

शे फोक्सुन्डोमा ‘द्रौपदी’को इन्डक्ल्याप

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १५ गते ९:१९

काठमाडौं । फिल्म ‘द्रौपदी’को छायाकंन ४४ दिनमा टुंगिएको छ । फागुन अन्तिमदेखि सुरु भएको छायांकन शुक्रबार शे फोक्सुण्डो तालमा ‘इन्डक्ल्याप’ गरिएको निर्देशक ऋषिराज आचार्यले जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजारलाई समेत लक्षित गरि निर्माण गरिएको फिल्ममा अडिसनबाट छनौट गरिएका नवकलाकार प्रमुख भूमिकामा छन् । आश्विनी शाही, रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई ,प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारीलगायतको अभिनय छ ।

मोहनकुमार झिल्लुको छायांकन, ओडको संगीत, विजय आचार्यको कला निर्देशन रहेको फिल्मको निर्माता निर्देशक आचार्य, ठडराई र प्रकाश ज्ञवाली छन् ।

नारीप्रधान विषयवस्तुमा बनेको यो फिल्मले बहुपतिप्रथाको कथावस्तु भन्छ । निर्देशक आचार्यले यसअघि ‘मिस्टेक’, ‘सपना तिम्रो मेरो’, ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’, ‘ड्रिम गर्ल’ र ‘चुरीफुरी’ बनाइसकेका छन् ।

आरबी मूभिजको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा उनी आफैले लेखेका हुन् । मौलिक विषयबस्तुको फिल्ममा सबै कलाकार फ्रेस तथा फिल्मसम्बन्धी औपचारिक शिक्षा हासिल गरेको उत्कृष्ट टीम रहेकाले फिल्म विशेष बनेकोमा आफू आशावादी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?