+
+

कविता – सुस्ता

निर्जला पौडेल निर्जला पौडेल
२०८१ वैशाख २२ गते १२:०४

सुस्ता,

मेरो हो

तर पनि मेरो होइन,

म हेर्न सक्छु

तर छुन सक्दिनँ

किनकि त्यो मेरो भएर पनि मेरो होइन ।

म तिर्खाले छट्पटाउँदा

मेलै पिउन नपाएको पानी हो,

मेरो जमिन सुख्खा भएर फुट्दा

रसाउन नसकेको नदी हो।

त्यो मेरै हो

तर पनि मेरो होइन।

मेरो आवश्यकताका बाबजुद

मेरै घरको वस्तु

मेरा बाआमाले छिमेकीलाई बुझाए जस्तो,

म भोकाइरहँदा

मेरै भान्साको खाना

मेरा बाआमाले छिमेकीलाई पस्किदिए जस्तो,

सुस्ता मेरै हो

तर पनि त्यो मेरो होइन।

त्यो यस्तो पानीको बाँध हो,

जसले पानीभन्दा धेरै मानिसको मन बाँधेको छ

साथै अँठ्याएर निमोठेको छ ।

यही सहन नसकेर होला

समय–समयमा त्यो भत्किन्छ र फुट्छ

अनि

टुलुटुलु हेरेर बसिरहेका मानिसहरूको

सपना, आशा एवम् अपनत्व बगाउँछ ।

यो हाम्रो दुर्भाग्य हो

या

हाम्रा बाआमाको लाचारी

जे भए पनि मेरै आँगनबाट बग्ने सुस्ता

मेरो भएर पनि मेरो होइन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?