+
+

हिमाली क्षेत्रको कथावस्तुमा ऋषिराज आचार्यले ‘द्रौपदी’ निर्देशन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १६ गते १३:५२

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समितिका सदस्य समेत रहेका ऋषिराज आचार्यले आगामी फिल्म ‘द्रौपदी’को घोषणा गरेका छन् । ‘कास्टिङ कल’को आह्वान गर्दै उनले हिमाली क्षेत्रको यथार्थपरक कथावस्तुमा फिल्म ल्याउन लागेको जनाए ।

२०८१ सालमा विश्वव्यापी प्रदर्शनको लक्ष्य राखिएको उक्त फिल्मलाई हुम्ला, मुगुलगायत कर्णाली प्रदेशका अन्य जिल्लामा छायांकन गरिने भएको  छ । महिलाप्रधान कथावस्तु रहने यो फिल्मको पटकथा आचार्य आफैंले लेखिरहेका छन् ।

फिल्मका प्रमुख र सहायक कलाकारको अडिसन आह्वान गरिएको छ । सबै कलाकार अडिसनबाट छनोट गर्ने उनले जानकारी दिए । माघ २० गते अडिसन हुने र त्यसपछि कलाकार छनोट गर्ने आचार्यले बताए ।

‘विषयवस्तु गम्भीर भएकाले अडिसनबाट कलाकार लिनुपरेको हो,’ उनले भने । तर हिन्दु धर्मग्रन्थ ‘महाभारत’को द्रौपदी पात्रसँग फिल्म आधारित नरहेको उनले बताए ।

कलाकार छनोटपछि अभिनय कार्यशाला आयोजना गरिने र त्यसपछि छायांकन सुरु हुनेछ । मुलुकको यथार्थपरक कथावस्तुलाई पर्दामा ल्याउने जनाउँदै उनले हिमाली क्षेत्रमा छायांकन गर्दा पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने आशा आचार्यको छ ।

यो फिल्मलाई आरबी मुभिजको ब्यानरमा बनाउन लागिएको हो । ‘मिस्टेक’बाट निर्देशन करिअर थालेका आचार्यले सपना तिम्रो मेरो, सुन्तलालाई भगाइलग्यो झिल्केले, ड्रीम गर्ल र चुरीफुरी फिल्म पनि निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?