+
+

मारिएका किरा फट्यांग्राको सम्मानमा श्रद्धाञ्जली कार्यक्रम !

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २२ गते १३:३८

काठमाडौं । मानिसको मृत्युमा श्रद्धाञ्जली दिनु त स्वभाविकै हो । प्रिय घरपालुवा जनावर तथा विभिन्न महत्वपूर्ण वन्यजीवहरु मर्दापनि शोक मनाउने गरिन्छ । तर के तपाईंले किरा फट्यांग्रा मारिँदा पनि श्रद्धाञ्जली दिएको सुन्नुभएको छ ? सायद छैन होला । वास्तवमा एउटा जापानी कम्पनीले मृतक किटपतंगका लागि श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्दछ ।

अर्थ कर्पोरेसन जापानको एउटा प्रमुख किटनाशक औषधि उत्पादक कम्पनी हो । दशकौंको अनुसन्धानपछि कम्पनीले प्रसिद्धी कमाएको छ । आफ्ना उत्पादनहरुको परीक्षणका लागि कम्पनीले आको सहरमा एउटा अनुसन्धान प्रयोगशालामा किराहरुका विभिन्न प्रजातिको प्रयोग गर्दछ र त्यसक्रममा कैयौँ किरा मारिन्छन् ।

यसरी लाखौँ किराको हत्या गर्ने सो कम्पनीले आको सहरस्थित मायोडोजी मन्दिरमा मृतक किराहरुको सम्मानमा हरेक वर्ष एक विशेष श्रद्धाञ्जली समारोह तथा पूजाको आयोजना गर्दछ ।

गत महिना सो कम्पनीका ६० भन्दा धेरै कर्मचारीहरुले उक्त समारोहमा भाग लिए जहाँ एकजना दाओसी (ताओवादी पुजारी) ले मृत किराहरुका दर्जनौँ तस्वीरको अगाडि प्रार्थना गरेका थिए । त्यस क्रममा लामखुट्टे, किर्ना, झिँगा, सांग्ला तथा अन्य विभिन्न किराहरुका दर्जनौँ तस्वीर मन्दिमा टाँसिन्छ र त्यसको अगाडि मानिसहरुले प्रार्थना गर्दै उभिन्छन् ।

अर्थ फार्मास्युटिकल रिसर्चका प्रमुख टोमिहिरो कोबोरीका अनुसार धेरै मानिसहरुले विज्ञानको नाममा हजारौँ किराहरुको बलिदानको मूल्यलाई बुझ्दैनन् । तर यो समारोहले भने यो विचारलाई सहयोग गर्दछ ।

अर्थ कर्पोरेसनको अनुसन्धानशालाले आफ्नो प्रयोगका लागि करीब १० लाख सांग्ला तथा १० करोड भन्दा धेरै किराहरुको प्रजनन गराउँछ, जसले मानिसको स्वास्थ्य तथा सुविधाका लागि बलिदानी दिन्छन् । त्यसैले यस जापानी कम्पनीले लाखौँ किराफट्यांग्राको निधनमा काम गर्ने क्रममा उनीहरुको बलिदानको सम्मान गर्दछ । सेन्केई शिनबुन पत्रिकाका अनुसार अर्थ कर्पोरेसनले पछिल्लो चार दशकदेखि हरेक वर्ष यो अनौठो समारोहको आयोजना गर्दै आएको छ ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?