+
+

सबैभन्दा पहिले कसले र कहिले गरेको थियो चुम्बन ? वैज्ञानिकले खोजे उत्तर

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ७ गते १३:२२

चुम्बनको अवधारणा कसरी आयो ? एक अर्काप्रति प्रेम, चासो तथा केयरलाई अभिव्यक्त गर्ने यो शारीरिक प्रक्रियाको सुरुआत कसले गर्‍यो ? चुम्बन यस्तो काम हो, जसमाथि करोडौं लेख, कविता तथा गीतहरु लेखिएका होलान् । थाहा छैन, यसका बारेमा के-के लेखियो ? तर कसैले पनि बताएको छैन कि चुम्बनको सुरुवात कहिले र कहाँ भयो ?

वास्तवमा मानिसले एक अर्कालाई चुम्बन गर्न कहिले सुरु गर्‍यो भन्ने कुरा कसैलाई पनि थाहा छैन ।

तर गत वर्ष सन् २०२३ मा वैज्ञानिकहरुले गरेको एउटा शोधको रिपोर्ट प्रकाशित भयो । जसमा मानिसले ओठमा गर्ने चुम्बन अर्थात् स्मूचको कहिले सुरु भयो भन्ने बारेमा बताइएको छ ।

साइन्स जर्नलमा प्रकाशित उक्त शोध अनुसार मानिसले कम्तिमा पनि ५ हजार वर्षदेखि ओठमा चुम्बन गरिरहेका छन् ।

सो अध्यनमा दक्षिणी भारतको एक कास्य युगको पाण्डुलिपीलाई प्रस्तुत गरिएको छ । सो पाण्डुलिपी करिब इशापूर्व १५०० तिरको हो । तर प्राचीन मेसोपोटामिया तथा मिश्रमा यस्ता चिजहरु २५०० इशापूर्वमै देखिन्छन् । तिनै दस्तावेज तथा प्राचीन सबूतहरुले मानव सभ्यताका विभिन्न प्राचीन संस्कृतिहरुमा एक आपसमा चुम्बन गर्ने चलद हजारौं वर्षदेखि चलिआएको निष्कर्ष वैज्ञानिकहरुले निकालेका छन् ।

चुम्बन अचानक हुँदैन, जैविक प्रक्रिया हो

वास्तवमा चुम्बन गर्नु कुनै अचानक हुने प्रक्रिया होइन । यो एक खास प्रकारको जैविक प्रक्रिया हो । यो प्रेमको प्रकटीकरण मात्र होइन, यसकै कारण दुनियाँमा विभिन्न खालका रोगहरु समेत फैलिरहेका छन् ।

चुम्बनका बारेमा प्राचीनदेखि आधुनिक सबूतहरु प्नि उपलब्ध छन् । कोपनहेगन युनिभर्सिटीमा एसाइरोलोजी विषयका प्राध्यापक डाक्टर ट्रोएल्स प्यांक अरबोल भन्छन्, ‘हामीले जति सोंच्छौं र हामीसँग जुन प्रमाण छन् त्यसभन्दा निकै अगाडिदेखि नै मानिसले चुम्बन गर्दै आएको छ ।

अमेरिकाको इण्डियाना विश्वविद्यालयका क्रमविकास जीव वैज्ञानिक डाक्टर जस्टिन आर गार्सियाका अनुसार मेसोपोटामियाबाट प्राप्त माटोको पातोमा बनाइएको आकृतिबाट पनि उक्त सभ्यतामा रोमान्सका बेला चुम्बनको कति ठूलो योगदान थियो भन्ने झल्किन्छ ।

चुम्बन पनि विभिन्न खालका हुन्थे । यद्यपि शोधकर्ताहरुले केवल रोमान्टिक तथा यौनिक चुम्बनका विषयमा मात्रै अध्ययन गरे ।

डाक्टर गार्सियाका अनुसार चुम्बन गर्नु सांस्कृतिक तथा मानिसहरुको आपसी सम्बन्धको विकासको कथा हो ।

चुम्बन गर्नु एक प्रकारको सामाजिक व्यवहार पनि हो, जो विभिन्न देशहरुमा सामन्य रुपमा लिइन्छ भने कैयन् देशमा असामान्य तथा निकै गोप्य क्रिया मानिन्छ ।

बेबिलोनमा भेटिएको उक्त सभ्यताको करिब १८ सय इशापूर्वको एक प्राचीन माटोको चित्रमा पनि एक जोडीले एक अर्कालाई चुम्बन गरिरहेको देखिन्छ ।

आधुनिक समयमा चाहिं हर्पेस नामक रोगका बारेमा अध्ययन गरिएको थियो । यसको सुरुआतको जडसम्म पुग्नु थियो । त्यसैले ओठमा गरिने चुम्बनको इतिहास खोतल्न थालियो । त्यसक्रममा कास्य युगका प्रमाण फेला परे, जुन इशापूर्व ३३ सय देखि १२ सय सम्मको अवधि हो ।

डाक्टर ट्रोएल्स अरबोलका अनुसार गहन चुम्बनको सुरुवात चाहिं इशापूर्व ३ सय तिरबाट भएको हुनुपर्छ । त्यसबेला भारतमा कामसुत्रको रचना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?