+
+

२०२४ मा कस्तो हुनेछ संसार ? सय वर्षअघि पत्रिकाले गरेको थियो यस्तो भविष्यवाणी

एजेन्सी एजेन्सी
२०८० माघ ११ गते १२:१७

आउने दिनको बारेमा भविष्यवाणी सधै नै भैरहेको हुन्छ । त्यसमा केही सत्य हुन्छन् त केही हुँदैनन् । त्यस्तै भविष्यवाणी आजभन्दा १०० वर्ष पहिले अर्थात सन् १९२४ मा पनि गरिएको थियो । अनि त्यो भविष्यवाणी त्यसको सय वर्षपछि अर्थात् सन् २०२४ मा विश्व कस्तो हुनेछ र मानिसहरुको जीवन कस्तो हुनेछ भन्ने बारेमा थियो ।

एक पत्रिकामा लेखिएको उक्त भविष्यवाणी अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ । पत्रिकाको उक्त क्लिपिंगलाई सुरुमा क्यानडाको क्यालगरी विश्वविद्यालयका शोधकर्ता पल फेयरीले सोसल मिडिया प्लाटर्फम एक्समा शेयर गरेका थिए ।

मिरर युकेमा प्रकाशित भएको समाचार अनुसार सो भविष्यवाणीमा सन् २०२४ मा विश्वमा घोडाको संख्या निकै कम हुने र त्यसको साटो गाडीहरुको संख्या कैयन् गुणाले बढ्ने दाबी गरिएको थियो ।

त्यस्तै एउटा क्लिपिंगमा रेडियोको बारेमा पनि लेखिएको छ । जस अनुसार सन् २०२४ मा अमेरिकी मानिसहरु रेडियोका कारण हाँस्नेछन् । वास्तवमा आज रेडियोको स्थान पडकास्टले लिइरहेको छ र यो तीव्ररुपमा लोकप्रिय बनिरहको छ ।

सो भविष्यवाणीमा मानिसहरुको औसत आयुमा पनि वृद्धि हुने बताइएको छ । तर, एउटा अर्को रोचक दाबीचाहिं के गरिएको छ भने मानिसहरुको औसत आयु १०० वर्षसम्म हुनेछ र ७५ वर्षका मानिसहरुलाई त युवा नै मानिनेछ ।

त्यो आलेखमा सन् २०२४ मा १०० तलासम्मका अपार्टमेन्ट हुने, पारिवारिक तस्वीरका एल्बमको साटो भिडियो बन्ने पनि भविष्यवाणी गरिएको छ ।

त्यस्तै फिल्मले विश्वमा शान्ति लिएर आउने, मानिसहरुबीच भाइचारा स्थापित गर्ने दाबी गरिएको छ । सन् २०२४ मा मानिसहरु एक ग्रहबाट अर्को ग्रहमा सजिलैसँग जान पाउने र मानिसहरुले उड्ने खालका कपडा लाउने भविष्यवाणी पनि त्यसमा गरिएको छ ।

 

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?