+
+

इलाममा मत परिणामको प्रतीक्षा (तस्वीरहरु)

सुदीप श्रेष्ठ सुदीप श्रेष्ठ
२०८१ वैशाख १६ गते १५:०२

१६ वैशाख, इलाम । इलाम- २ मा शनिबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको आइतबार दिउँसोदेखि मतगणना सुरु भएको छ । बिहान ११ बजे मतगणना सुरु गर्ने भनिए पनि ढिलाइ भएको थियो ।

मतगणनास्थल गौतमवुद्ध सभागृहबाहिर ठूलो संख्यामा सर्वसाधारण र दलका कार्यकर्ताहरु भेला भएका छन् । उनीहरु मतगणनाको ताजा परिणाम सुन्न  गणनास्थलबाहिर जम्मा भएका हुन् ।

यो क्षेत्रमा एमालेबाट सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ, कांग्रेसबाट डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, राप्रपाबाट लक्ष्मी गुरुङ, पहिचान पक्षधरको समर्थनमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम लगायत उम्मेदवार छन् ।

फाकफोकथुम गाउँपालिकाको मतदान केन्द्रका बाकसबाट मतगणना सुरु गरिएको छ । त्यस क्रममा प्रारम्भिक अग्रता नेपाली कांग्रेसले लिएको छ ।

लेखकको बारेमा
सुदीप श्रेष्ठ

श्रेष्ठ अनलाइनखबरका इलाम संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?