+
+

चपस्टिक कूटनीतिले नजिक ल्याउँदैछ बेइजिङ र वासिङ्टनलाई

खानपान कूटनीतिमा चिनियाँ जोड : अमेरिका र चीनको सम्बन्ध सुधारमा चपस्टिक कौशलले कसरी सहयोग गरिरहेछ ?

एजेन्सी एजेन्सी
२०८१ वैशाख २८ गते १९:२८

एजेन्सी । सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्स बेइजिङ जानुअघि उनलाई सम्झाइएको थियो- ‘चिनियाँहरु आफ्नो खानपिन संस्कृतप्रति निकै गर्व गर्छन् ।’आपसी सम्बन्ध सुधारका लागि रिचर्ड निक्सन चीन पुग्दा उनलाई भव्य राजकीय भोजमा चीनले सरिक गराएको थियो । त्यो राजकीय भोज संसारका मिडियाले प्रत्यक्ष प्रसारण गरेका थिए ।

आपसी सम्बन्ध सुधारका लागि त्यो भ्रमण र भोज निकै महत्वपूर्ण मानिएको थियो । एक शताब्दीपछि आपसी सम्बन्ध सुधारमा चीनले खानपानलाई नै अघि सारको छ ।

हालसालै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन र अर्थमन्त्री जेनट एलन चीन पुगेका थिए । अमेरिकी मन्त्रीद्वयको भ्रमणमा चीनले खानपान कूटनीतिलाई नै अघि बढायो । अमेरिकी अर्थमन्त्री एलेनले  चीन भ्रमणका क्रममा चयन गरेको खानेकुराले सामाजिक सञ्जालमा निकै तारिफ बटुल्यो ।

अप्रिलमा बेइजिङ पुगेर एलेनले युनान प्रान्तको विशेष खाना खाइन् । त्यसमा प्रयोग भएको च्याउ राम्रोसँग नपाकेको खण्डमा लठ्याउने गर्छ । तर, विशेष खानाको सम्मानका खातिर उनले जोखिम मोलेकी थिइन् । उनले त्यहाँ चपस्टिक पनि प्रयोग गरिन् । उनको चपस्टिक कौशलको समेत निकै तारिफ भएको थियो ।

एलेन जहाँ पनि स्थानीय खानानै खान रूचाउँछिन् । तर चीनमा पनि स्थानीय खानालाई महत्व दिनु प्रतिकात्मक विषय रहेको इतिहासकार तथा बइजिङ नर्मल युनिभर्सिटीका प्राध्यापक थोमस डुबिस बताउँछन् ।

‘चीनमा खानपिन समेत कूटनीतिक रुपमा प्रयोग हुन्छ । चिनियाँहरु आफ्नो खानपिन संस्कृतिप्रति निकै गर्व गर्छन् । आफुले स्थानीय खाना चाख्दाको कूटनीतिक महत्व थाहा पाएरै एलेनले जोखिम मोलिन्,’ उनले अलजजिरासँग भनेका छन् ।

एलेनको खानपिनको शैलीलाई चिनियाँहरूले नम्रताका रूपमा बुझेको डुबिसको विश्लेषण छ । ‘राम्रोसँग खानु र सही तरिकाले खान जान्नुलाई चीनमा गहिरो नैतिक दर्शनसँग दाज्ने चलन छ । त्यहाँ पुगेर त्यहीँको रहनसहन अनुसार खानपिन गर्नुलाई विनम्रता मानिन्छ । अझ चपस्टिक प्रयोग गर्दा विशेष नै मान्ने चलन छ,’ उनी भन्छन् ।

चिनियाँ कूटनीतिज्ञहरुले खानपानलाई कूटनीतिसँग विशेष रूपमा प्रयोग गर्छन् । युरोपियन कूटनीतिज्ञहरुका अनुसार सँगै खानपिन गरेर संवाद गर्नु चिनियाँ कूटनीतिको अभिन्न पाटो बनिसकेको छ । उच्च स्तरीय द्वपक्षीय छलफलमा खानपानलाई समेत प्राथमिकता दिँदा त्यहाँ सौहार्द सम्बन्ध स्थापित हुने चिनियाँ मान्यता रहेको छ ।

विश्वासको सम्बन्ध स्थापित गर्नका निम्ति चीनले खानपिनलाई समेत महत्व दिएको एक कूटनीतिज्ञले बताए । ‘खुला र सौहार्द संवादसँगै विश्वासको सम्बन्ध स्थापितका लागि खानपानलाई चीनले जोड दिँदै आएको छ,’ युरोपेली एक कूटनीतिज्ञले भनेका छन् ।

आफुलाई चीनमा पठाउनुअघि त्यहाँको खानपिन संस्कृति समेत सिकाएर पठाएको उनले बताए । कुन टेबलमा को बस्छ र कसरी खाना खाने भन्ने शैली आफूलाईसहित मन्त्रीहरूलाई समेत सिकाइएको ती कूटनीतिज्ञले बताए ।

चिनियाँ भोज निकै कठिन किसिमको हुने उनको अनुभव छ ।  चिनियाँ खानपिनको कारणले कतिपय अवस्थमा एलर्जी समेत हुने ती कूटनीतिज्ञले बताए । तर, आफ्नो खानपिन संस्कृतिमा चीनको गर्विलो प्रस्तुतिले कतिपय अवस्थामा कठिनाइ हुने ती कूटनीतिज्ञको अनुभव छ ।

हालैको भोजमा युरोपेली एक मन्त्री एलर्जीको शिकार भए । कतिपय अवस्थामा चिनियाँ सेफहरुले आफूहरुका निम्ति खाना बनाउन निकै झिँझो भान्ने गरेको ती कूटनीतिज्ञले बताए ।

‘तपाईंहरूको थरी-थरीको एलर्जीको समस्याले हामीलाई तपाईंहरुका निम्ति खाना बनाउन निकै झिँझो लाग्छ । तपाईंहरुको खानपानको शैली र हाम्रो शैली फरक पनि छ । तपाईंहरुका निम्ति खाना बनाउनुपर्दा हामी निकै तनावमा हुन्छौँ,’ चिनियाँ स्टाफको भनाइ उद्दृत गर्दै ती कूटनीतिज्ञले अलजजिरासँग भनेका छन् ।

अमेरिकी अर्थमन्त्री एलेनको चपस्टिक प्रयोगको भिडियो निकै भाइरल भएको छ । उक्त भिडियो सरकारी आधिकारिक च्यानलमा अपलोड गरिएको थियो । त्यस भिडियोलाई चिनियाँ मिडियाहरुले पनि विशेष कभरेज गरे ।

एलेनको खानपिन शैलीले अमेरिका विरोधी विचारलाई केही मत्थर पार्न सहयोग पुर्‍‍याएको पुर्व पत्रकार झाङ फेङले वीच्याटमा लेखेका छन् ।

तर यस शैलीलाई कडा प्रतिक्रिया दिने राष्ट्रवादी धार पनि उत्तिकै छन् । ग्लोबल टाइम्सले आफ्नो सम्पादकीयमा लेखेको छ- ‘चीनले विश्वभरबाट सबैलाई स्वागत गर्छ सबैलाई विशेष परिकार पस्किन्छ । यसको मतलब हामीमाथि लागेका निराधार आरोपको खण्डन गर्न पछि हट्दैनौँ ।’

टिप्पणीकार मिङ जिन्ह्वीले भनेकी छिन्- ‘चीनमा खस्किएको अमेरिकी छविमा यसले सुधारको संकेत देखिएपनि चीनविरोधी अमेरिकी गतिविधिप्रति हामी सजग हुनैपर्छ ।’

एलनको भ्रमणको चर्चा भइरहेको समयमा अप्रिलमा ब्लिंकेन पुग्दा उनको स्वागत भने त्यति न्यानो थिएन । अप्रिलमा ब्लिंकेनले राष्ट्रपति सी चिनफिङ र विदेशमन्त्री वाङ यी भेटेका थिए ।

ब्लिंकेनले समेत स्थानीय  खाना भने नचाखेका होइनन् । उनको चपस्टिक प्रयोग शैली फुड भ्लगरले कभरेज गरेका थिए । तर एलनको जति विशेष कभरेज भने भएन ।ब्लिंकेनको भ्रमणमा ताइवानमा अनावश्यक हस्तक्षेप, साउद चाइना सीमा अमेरिकाले झिकेको विवाद लगायतका विषयमा कभरेज भएका थिए ।

खानपान कूटनीतिलाई अन्य मुलुकले पनि प्राथामिकता दिने गर्छन् ।

फ्रान्सले पनि हालसालै  सीको भ्रमणमा खानपान  कूटनीतिलाई प्राथामिकतामा राखेको थियो । सीलाई फेन्च ब्रान्डी  र चीज चखाए । विदाइमा उनले दुई बोतल कोगन्याग ब्रान्डी दिएर पठाए ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?