+
+

बझाङमा एमालेको सुरुवाती अग्रता

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते १५:१०

१६ वैशाख, बझाङ । बझाङको प्रदेशसभा उपचुनावमा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।

४०३ मत गणना हुँदा एमालेका दमन भण्डारीले १५७ मत पाएका छन् । नेपाली कांग्रेसका अभिषेक सिंहले १३२ मत ल्याएका छन् ।

तेस्रो मत नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ल्याएका छन् । सिंहले ५१ मत पाउँदा नेकपा माओवादी केन्द्रका जनक बुढाले ४७ मत पाएका छन् ।

राप्रपाका किशोर खड्काले ३ र स्वतन्त्र उम्मेदवार कमलराज घर्तीले १ मत ल्याएका छन् । यो मतपरिणाम छबिसपाथिभेरा–२ को हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?