+
+

हजुरआमाले कुर्सी नपाएपछि बेहुलाले गरे बिहे रद्द

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते १४:०५
फाइल तस्वीर

काठमाडौं । बिहे गर्नका लागि जन्ति लिएर आएका एकजना बेहुलाले एउटा कुर्सीको विवादमा बिहे नै रद्द गरेर हिँड्छन् भन्ने कुरा पत्याउन गाह्रै पर्छ । तर छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा हालै एउटा यस्तै घटना भएको छ ।

दिल्लीबाट जन्ती लिएर बिहे गर्नका लागि उत्तर प्रदेश आएका ती युवकले आफ्नी हजुरआमालाई बस्नका लागि कुर्सी नदिएको विवादमा बेहुली पक्षसँग झगडा मात्रै गरेनन् ती बेहुलीसँग बिहे नगर्ने घोषणा नै गरे ।

उत्तर प्रदेशको बुलन्दशहरमा सो घटना भएको हो । दिल्लीको सीमापुरीबाट बरात (जन्ती) लिएर आएका बेहुला पक्षलाई बेहुली पक्षले रातको ८ बजेतिर भव्यतापूर्वक स्वागत गरेको थियो ।

बेहुलीका पिता मोद मुबीनका अनुसार गत शनिवार मौलवीले बेहुला र बेहुलीको बीचमा बिहे गराएको केही घण्टापछि नै बेहुलाले आफ्नो बिहे रद्द भएको घोषणा गरेका थिए ।उनका अनुसार बिहेको कार्य सकिएपछि रातको १० बजेतिर सबैजना रमाइरहेका थिए । त्यहाँ एक्कासी एकजना वृद्धासँग एक पाहुनाको झगडा सुरु भयो ।

ती वृद्धा वास्तवमा बेहुलाकी हजुरआमा रहेछिन् । विवादपछि ती वृद्धाले आफुलाई अपमान गरेको महसुस गरिन् र बेहुला अर्थात् आफ्नो नातीसँग गुनासो गरिन् । त्यसपछि त विवाद झनै चर्कियो ।

झैझगडामा बेहुला र उनका दाजुपनि मिसिए र बेहुलीलाई नै ‘घर पुगेपछि पख्लिस्’ भनेर धम्काउन थाले । साथै उनले बिहे नै भंग भएको भन्न थाले ।

प्रत्यक्षदर्शीका अनुसार बेहला पक्षले धम्की दिने र बिहे नै भंग भएको भनेपछि बेहुली पक्ष झनै रिसायो । उनीहरुले बिहे समारोह तथा पार्टीमा भएको खर्च रकम तिर्नुपर्ने भन्दै बेहुला र उनका दाईलाई कोठामा थुने ।

केही घण्टासम्मको विवादपछि बेहुला पक्षले खर्च भएको भनिएको रकम तिर्यो । त्यसपछि मात्र बेहुलालाई त्यहाँबाट छाडियो ।

उता पुलिसले भने यो घटनाका बारेमा हालसम्म कुनैपनि उजुरी प्राप्त नभएको जनाएको छ । उनीहरुले एक आपसमा विवाद मिलाएको हुनसक्ने भन्दै प्रहरीले उजुरी प्राप्त भएको खण्डमा त्यस विषयमा आवश्यक अनुसन्धान गर्ने जनाएको छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?