+
+

लमी बन्न थाल्यो एआई, रुसी युवकले एआईबाटै फेला पारे आफ्नो जिवनसाथी

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते १४:०५

काठमाडौं । पछिल्लो समयमा आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग सर्वव्यापी बनिरहेको छ । हुँदाहुँदा एआईले युवा युवतीहरुलाई जिवनसाथी खोजिदिने काम पनि गर्न थालेको छ ।

एकजना २३ वर्षीय रुसी युवकले आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा जिवनसाथी फेला पारेको दाबी गरेका छन् ।

पेशाले सफ्टवेयर डेभलपर रहेका अलेक्जेन्डर झाडाले अनलाइन डेटिंगमा सहयोग गर्ने एआईको प्रयोग गरेरै आफ्ना लागि बेहुली खोजेका हुन् ।

सोसल साइट टिन्डरमा रहेका ५ हजार भन्दा धेरै युवतीहरुको सूचिलाई फिल्टर गरेर आफ्ना लागि उपयुक्त र मनपर्ने युवती खोज्नका लागि उनले च्याट जिपिटी तथा अन्य एआई बोटहरुको प्रयोग गरे । अन्ततः एआईले करिना इमरानोभा जिवनसाथी बन्नका लागि उपयुक्त पात्र भएको भनेर उनलाई सिफारिस गर्यो ।

एनले आफ्नो सञ्चार शैलीको आधारमा टिन्डरमा उपलब्ध महिलाहरुसँग अन्तरक्रिया गरी आफ्ना लागि उपयुक्त महिला सिफारिस गर्नका लागि एआईलाई तालीम दिएका थिए ।

त्यसक्रममा एआई बोटले उनका लागि अमिल्दा महिलाहरुलाई हटाएन मात्र उपयुक्त पात्रसँग छोटोमिठो गफ गर्ने, डेटिंगका लागि समयतालिका बनाउने र विवाहको प्रस्ताव तयारीका लागि समेत सहयोग प्रदान गर्यो ।

अलेक्जेन्डरले को महिलासँग कुराकानी जारी राख्ने भन्ने निर्णय गर्नका लागि केही फिल्टरहरुको प्रयोग गरेका थिए ।

त्यसकै आधारमा करिनासँग भौतिक रुपमै भेटघाट भएपछि उनले एआईलाई पुनः प्रशिक्षण दिए ताकि उसले ती दुईबीचको कुराकानीको विश्लेषण गरी अब अर्कोपटक कहाँ जाने र के कुरा गर्ने भन्ने सल्लाह देओस् ।

अन्ततः गतवर्ष डिसेम्बरमा च्याट जिपिटीले दुईबीच सन्तुलित तथा बलियो सम्बन्ध रहेको भन्दै करिनासँग बिहेको प्रस्ताव राख्नका लागि अलेक्जेन्डरलाई सुझाव दियो ।

अलेक्जेन्डरले सोही बमोजिम करिनासँग बिहेको प्रस्ताव गरे र उनले स्वीकार गरिन् । तर यति भैसक्दा पनि करिनालाई आफुहरुको प्रेम सम्बन्धमा एआईले खेलेको भूमिकाको बारेमा थाहा थिएन । उनीहरुले सम्बन्धित सरकारी कार्यालयमा बिहेदर्ताका लागि निवेदन पेश गरिसकेपछि मात्रै उनलाई सो कुरा थाहा भयो ।

अलेक्जेन्डरका अनुसार आफ्ना लागि सबैभन्दा उपयुक्त पार्टनरको खोजी गर्नका लागि एआईको सहयोगमा सफ्टवेयर प्रोग्रामिंग गर्न सकिन्छ तर यसका लागि सावधानीपूर्वक एकीकरण र कस्टमाइजेसन गर्नु आवश्यक हुन्छ । आफ्नो मायालु जिवनसाथीको खोजीमा एआईको प्रयोगलाई उनी आफ्नो व्यक्तिगत उपलब्धीको रुपमा लिन्छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?