+
+

पाकिस्तानबाट हवाईजहाज चढेर श्रीलंका पुग्यो मुसा, ३ दिनसम्म जहाज ग्राउन्डेड

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते १०:०६

श्रीलंकाको राष्ट्रिय एयरलाइन्सको एउटा विमानले मुसाका कारण तीन दिनदेखि उडान भर्न सकेन । सो घटनापछि मानिसहरुले एयरलाइनको व्यवस्थापनप्रति प्रश्न उठाएका छन् ।

श्रीलंकन एयरलाइन पछिल्लो दिनमा आर्थिक संकटबाट गुजि्ररहेको छ । यस्तोमा यदि लगानीकर्ताहरुले हात झिक्नेहो भने उसको समस्या झनै बढ्नेवाला छ । यही बेला मुसाले आगोमा घ्यु थप्ने काम गरेको छ ।

समाचार अनुसार श्रीलंकन एयरलाइन्सको एयरबस ए३३० विमानले बिहीबार पाकिस्तानको लाहोरबाट उडान भरेको थियो । त्यही क्रममा विमानभित्र एउटा मुसा दौडिरहेको देखिएको थियो ।

विमान जब श्रीलंकाको कोलम्बोमा अवतरण भयो त्यसपछि मात्रै विमानभित्र रहेको मुसाको खोजी भयो । इन्जिनियर तथा अन्य मर्मत कर्मचारीहरुले विमानका हरेक पाटपुर्जाको चेकजाँच गरी मुसाले काटे नकाटेको एकीन गर्न थाले ।

एयरलाइन्सका प्रवक्ताका अनुसार विमानभित्र देखिएको मुसा मरेका अवस्था फेला परेको छ । साथै मुसाले वमानका पाटपुर्जामा कुनै पनि क्षति पुर्‍याएको नदेखिएपछि विमानको उडान सुरु गरिएकोछ ।

उनका अनुसार चेकजाँचका लागि कोलम्बोमा उक्त विमानलाई ३ दिनसम्म ग्राउन्डेड गरिएको थियो । मुसा फेला नपरेसम्म विमान उडाउन सकिन्थ्यो । अन्तमा उक्त मुसा मृत अवस्थामा फेला पर्यो ।

श्रीलंकन एयरलाइन्सको स्वामित्वमा कुल २३ वटा विमान छन् । त्यसमध्ये तीनवटा विमान एक वर्षदेखि नै ग्राउन्डेड छन् । गत वर्षको मार्चसम्ममा एयरलाइन्सको घाटा एक अर्ब ८० करोड डलर पुगेको थियो ।

श्रीलंका सरकारले घाटामा रहेको यो सरकारी वायुसेवा कम्पनी बिक्री गर्ने प्रयास गरिरहेको छ । तर पनि कोही पनि खरिदकर्ताले यसमा रुचि देखाएका छैनन् । पछिल्लो मुसा काण्डले सम्भाव्य खरिदकर्तालाई झनै बिच्क्याएको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?