+
+

अन्टार्कटिकामा खुल्यो जागिर, पेन्गुइनको बीचमा बस्नुपर्ने

दिनहुँ नुहाउन नपाइने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते १३:२८

काठमाडौं । संसारका कैयन् ठाउँहरु यस्ता छन् जहाँ मानिसहरुलाई रहन बस्नका लागि निकै मुस्किल पर्दछ ।

हिउँले ढाकिएको महादेश अन्टार्कटिक पनि यस्तै दुरुह स्थान मध्येको एक हो । त्यहाँ सुविधासँग सम्बन्धित कुनैपनि साधन उपलब्ध छैनन् । पृथ्वीकै दुर्गम इलाकाको रुपमा रहेको त्यहीँ अन्टार्कटिकामा विभिन्न ३ वटा पदका लागि विज्ञापन खुलेको छ ।

सो जागिरमा छनोट हुने व्यक्तिले पेन्गुइन चरासँगै समय गुजार्नु पर्नेछ । पेन्गुइनकै बीचमा बस्नुपर्नेछ ।

अन्टार्कटिकाको चर्चित पेन्गुइन पोस्ट अफिसमा सो जागिर खुलेको हो । सो हुलाक कार्यालय पृथ्वीकै सबैभन्दा दक्षिण भागमा रहेको हुलाक कार्यालय हो । जुन अन्टार्कटिकाको लकरोय बन्दरगाहमा रहेको छ ।

हरेक वर्ष अन्टार्कटिक हेरिटेज ट्रस्टमा जागिरका लागि आवेदनको बाढी आउँछ । यो वर्ष पनि ३ वटा पदका लागि विज्ञापन खुलेको ट्रस्टले आफ्नो इन्स्टाग्राम पोस्टमा जनाएको छ । जसमा बेस लिडर, शप म्यानेजर र जनरल असिस्टेन्ट पद रहेका छन् । यसका लागि केवल बेलायतीहरुले मात्रै आवेदन गर्न पाउनेछन् ।

सन् २०२४।२५ सिजका लागि उल्लेखित पदमा नियुक्त हुने कर्मचारीले पेन्गुइनसँगै बस्नुपर्ने मात्र होइन दुई हप्तामा केवल एकपटक मात्रै नुहाउनु पर्नेछ । हरेक वर्ष करीब ८० हजार चिठीपत्र तथा पोस्टकार्डउपर प्रक्रिया अगाडि बढाउनुपर्नेछ भने पसलमा पनि काम गर्नुपर्ने हुन्छ । साथै कर्मचारीले त्यहाँ बस्ने करीब १८ हजार क्रूज यात्रुहरुलाई पनि स्वागत गर्नुपर्नेछ ।

कर्मचारीहरुले चिटीपत्रलाई वर्गीकरण गर्ने, टिकट बिक्री गर्ने, भवनको रेखदेख गर्ने तथा उपहार पसल चलाउने काम गर्नुपर्नेछ ।

उनीहरुले त्यहाँ आउने जहाजबाट बट्टामा पानी भर्नुपर्नेछ । त्यहाँ पानीको सुविधा कुनै सुविधासम्पन्न सहरको जस्तो छैन । तरपनि कर्मचारीहरुले आफ्नो सरसफाइमा ध्यान दिनुपर्नेछ । उनीहरुले हप्तामा एकदिन जहाजमा गएर नुहाउन सक्नेछन् । यदि मौसम खराब भएमा भने दुई हप्तामा एकदिन मात्रै नुहाउन पाउनेछन् ।

म्यानचेस्टरस्थित च्यारिटी म्यानेजरको काम गर्ने केटी श ले यो पदमा आवेदन गरेकी छिन् । उनले आफ्नो सरीरमा टाटु पनि बनाएकी छिन् । एउटा खुट्टामा अन्टार्कटिकाको नक्सा तथा अर्कोमा खोजकर्ता अर्नेस्ट शेकलटनको तस्वीर पनि खोपाएकी छिन् ।

उनी भन्छिन् ः मलाई बच्चैदेखि नै अन्टार्कटिकामा जीव वैज्ञानिकको रुपमा काम गर्ने रहर थियो । मैले त्यो विषय पढ्न पाइन तरपनि मलाई त्यहाँको जैविक विविधता, दृश्य तथा स्थान आकर्षक लागिरह्यो । यो महाद्धिप पर्यावरणक ालागि महत्वपूर्ण छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?