+
+

आर्थिक अपचलन गरेको भन्दै अनेरास्ववियुले शंकरदेव क्याम्पस प्रमुख र लेखाको कुर्सी फाल्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १० गते २०:३५

१० वैशाख, काठमाडौं । शंकरदेव क्याम्पसका क्याम्पस प्रमुख र लेखा प्रमुखलाई आर्थिक अपचलनको आरोप लगाउँदै अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरूले उनीहरूको कुर्सी फालिदिएका छन् ।

क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्य र लेखा प्रमुख सुद्धर्शन थापाको मिलेमतोमा ४ लाख ६८ हजार रुपैयाँ बीबीएस दोस्रो वर्ष अध्ययनरत विद्यार्थीको नाममा झिकेको अनेरास्ववियुले आरोप लगाएको छ ।

अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष बालकृष्ण खड्काले आर्थिक अपचलन भएको पाइएपछि कुर्सी फालिएको बताए । उनले भने ‘क्याम्पस प्रमुख र लेखा प्रमुखको मिलेमतोमा क्याम्पसको ४ लाख ६८ हजार रुपैयाँ बीबीएस पढ्ने साथीको नाममा झिकेको देखिन्छ । यस विषयमा बुझ्ने प्रयास गर्दा जवाफ नपाएपछि कुर्सी फालिएको हो ।’

रकम निकासा गर्नको लागि नेवि संघको लेटरप्याड पनि प्रयोग भएको उनले बताए । नेवि संघ क्याम्पस एकाइका अध्यक्ष सन्देश खाँडले भने यस विषयमा विस्तृतमा बुझिरहेको बताए ।

क्याम्पस प्रमुख कृष्णप्रसाद आचार्यले विद्यार्थीले लगाएको आरोप झुटो भएको बताए । उनले भने ‘हामी प्रक्रिया अनुसार काम गर्छौं । त्यस्तो केही छैन । हामीसँग सबै प्रमाण छ ।’

विद्यार्थीले कुर्सी फ्याँकेको सुने पनि बीएचएमको परीक्षा सञ्चालन भइरहेकाले कार्यकक्षमा नपुगेको बताए । लेखा प्रमुख सुद्धर्शन थापासँग भने सम्पर्क हुन नसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?