+
+
Shares

अनेरास्ववियुका नेता गिरफ्तारीबारे एमालेले भन्यो- सरकारको कायरतापूर्ण रवैया

‘नागरिकको शान्तिपूर्ण प्रदर्शन र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई कुण्ठित गर्दै सरकारले देखाएको यो कायरतापूर्ण रवैया लोकतन्त्र र मानव अधिकारको ठाडो उल्लङ्घन हो ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते १७:५८

३१ असार, काठमाडौं । नेकपा एमालेले आफ्नो विद्यार्थी संगठन अनेरास्ववियुका नेता गिरफ्तारीको निन्दा र भत्सर्ना गरेको छ ।

एमाले महासचिव शंकर पोखरेलले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै गिरफ्तारीलाई नागरिकको संवैधानिक अधिकार कुण्ठित गर्ने कायरतापूर्व रवैया भन्दै टिप्पणी गरेका हुन् ।

एमालेले आकासिदो मूल्यवृद्धि, सुकुमवासीमाथिको अत्याचार र शृङ्खलाबद्ध राज्य आतङ्कविरुद्ध जनसरोकारका मुद्दा उठाएर अनेरास्ववियुका नेता सिंहदरबार गेट अगाडि शान्तिपूर्ण प्रदर्शनमा उत्रिएको जनाएको छ ।

‘सरकार आफैँले भिजिलान्ते शैलीमा राजधानीका सञ्चार गृह, राजनीतिक नेता र व्यवसायीका निवास एवं कार्यालयहरूमा गाडी पार्किङ गराइ राज्य संरक्षित अवरोध सिर्जना गरेको अराजक घटनाको सांकेतिक विरोध गरिरहेका अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामीसहित विद्यार्थी नेताहरू जित सिटौला, सुदीप थापा, विशाल खड्का, रवि मगर, विष्णु उपरकोटी र शिरीष बुढाथोकीलाई प्रहरीले बलपूर्वक गिरफ्तार गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नागरिकको शान्तिपूर्ण प्रदर्शन र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हकलाई कुण्ठित गर्दै सरकारले देखाएको यो कायरतापूर्ण रवैया लोकतन्त्र र मानव अधिकारको ठाडो उल्लङ्घन हो ।’

एमालेले यसलाई सरकारको यस अधिनायकवादी कदम भन्दै कडा शब्दमा निन्दा गरेको छ ।

‘नेकपा एमाले गिरफ्तार गरिएका अनेरास्ववियुका अध्यक्ष धामीसहित सातै जना विद्यार्थी नेताहरूलाई तत्काल र बिनासर्त ससम्मान रिहा गर्न सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?