+
+
Shares

गिरफतार गरिएका नेतालाई रिहाइ गर्न अनेरास्ववियुको माग

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३१ गते १४:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिंहदरबार अगाडि प्रदर्शनका क्रममा पक्राउ परेका अनेरास्ववियुका अध्यक्षसहितका नेताहरूलाई तत्काल रिहा गर्न महासचिव अञ्जना सिवाकोटीले माग गरेकी छन् ।
  • अनेरास्ववियुले नेताहरूलाई रिहा नगरिए देशव्यापी सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएको छ ।
  • प्रहरीले अध्यक्ष धामीसहित जितप्रसाद सिटौला, विशाल खड्का, रवि मगर, विष्णु उपरकोटी, सुदिप थापा र शिरिष बुढाथोकीलाई नियन्त्रणमा लिएको छ ।

३१ असार, काठमाडौं । सिंहदरबार गेट अगाडि प्रदर्शन गर्दा गिरफतार गरिएका नेताहरूलाई रिहाइ गर्न अनेरास्ववियुले माग राखेको छ ।

महासचिव अञ्जना सिवाकोटीले वक्तव्य जारी गर्दै गिरफतार गरिएका संगठनका अध्यक्ष सहित नेताहरूलाई रिहाइ गर्न माग राखेकी हुन् ।

‘गैरकानुनी रूपमा गिरफतार गरिएका अनेरास्ववियुका अध्यक्ष लगायत सम्पूर्ण तथा कार्यकर्तालाई तत्काल रिहा नगरिए देशव्यापी सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिन चाहन्छौ,’ वक्तव्यमा भनिएको छ ।

सिंहरदबार अगाडि बाइक पार्किङ गरी प्रदर्शन गर्ने अनेरास्ववियुका अध्यक्ष धामी सहित नेताहरू जितप्रसाद सिटौला, विशाल खड्का, रवि मगर, विष्णु उपरकोटी, सुदिप थापा र शिरिष बुढाथोकीलाई प्रहरीले गिरफतार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?