+
+
Shares

काठमाडौंमा अनेरास्ववियुले जलायो बालेनको पुत्ला (तस्वीरहरू)

एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा पार्टीको ‘सूर्य’ अंकित झण्डा जलाएको घटनाको विरोध जनाउँदै काठमाडौंमा मसाल जुलुस निकालेको छ ।

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ फागुन ८ गते १८:५५

८ फागुन, काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा पार्टीको ‘सूर्य’ अंकित झण्डा जलाएको घटनाको विरोध जनाउँदै काठमाडौंमा मसाल जुलुस निकालेको छ ।

अनेरास्ववियुले आरआर क्याम्पसबाट मसाल जुलुस निकालेको हो ।

संगठनले यसलाई लोकतान्त्रिक मूल्य, राजनीतिक सहिष्णुता र सामाजिक सद्भावमा प्रत्यक्ष आघात पुर्‍याएको भन्दै झन्डा जलाएकोप्रति आपत्ति जनाएको हो ।

एमालेले आफ्नो पार्टीको झन्डा जलाएको आरोप रास्वपाको नेता कार्यकर्तालाई लगाएको छ । रास्वपाले यसको खण्डन गर्दै झन्डा जलाउने घटनामा पार्टीका नेता कार्यकर्ता संलग्न नरहेको बताइसकेको छ ।

संगठनले घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग राखेको छ। मसाल जुलुसमा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको पुत्लासमेत जलाइएको छ ।

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?