+
+
Shares

अनेरास्ववियुले कर्णालीमा पनि थाल्यो जागरण अभियान

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २२ गते २१:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अनेरास्ववियुको मेची–महाकाली जागरण अभियान कर्णाली प्रदेशमा सुर्खेत क्याम्पसबाट सुरु भएको छ।
  • केन्द्रीय अध्यक्ष दीपक धामी, महासचिव अञ्जना सिवाकोटी र प्रदेश इन्चार्ज आकाश घर्तीले अभियान उद्घाटन गरेका छन्।
  • सचिव आकाश घर्तीले भने, जेनजी आन्दोलन पछि विकसित परिस्थितिबारे देशभरका विद्यार्थीहरुलाई जानकारी दिन जागरण अभियान थालेका हौ।

२२ मंसिर, काठमाडौ । अनेरास्ववियुको मेची–महाकाली जागरण अभियान कर्णालीमा पनि सुरु भएको छ ।

कर्णाली प्रदेश कमिटीले सुर्खेत क्याम्पसमा एक कार्यक्रम गरी जागरण अभियान थालेको हो ।

केन्द्रीय अध्यक्ष दीपक धामी, महासचिव अञ्जना सिवाकोटी, प्रदेश इन्चार्ज एवं सचिव आकाश घर्ती लगायतले अभियानको उद्घाटन गरेका छन् ।

‘जेनजी आन्दोलन पछि विकसित परिस्थितिबारे देशभरका विद्यार्थीहरुलाई जानकारी दिन जागरण अभियान थालेका हौ,’ सचिव घर्तीले भने, ‘आजबाट कर्णालीका सबै क्याम्पस र कलेजहरुमा यो अभियान लैजान्छौ ।’

अनेरास्ववियुले यसअघि कोशीमा पनि जागरण अभियान थालिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?