+
+
Shares

अध्ययनको निष्कर्षः वायु प्रदूषणले अल्जाइमर्सको जोखिम झनै बढाउँछ

एमोरी विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको एक बृहत् अध्ययनले वायु प्रदूषणले मस्तिष्कलाई सीधा असर गरी अल्जाइमर्सको जोखिम बढाउने निष्कर्ष निकालेको छ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ८ गते १९:३३

८ फागुन, काठमाडौं । एमोरी विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको एक बृहत् अध्ययनले वायु प्रदूषणले मस्तिष्कलाई सीधा असर गरी अल्जाइमर्सको जोखिम बढाउने निष्कर्ष निकालेको छ।

यो अध्ययन सन् २००० देखि २०१८ सम्म २ करोड ७८ लाख अमेरिकी ज्येष्ठ नागरिकहरूको तथ्याङ्कमा आधारित छ।

वैज्ञानिकहरूका अनुसार, प्रदूषित हावामा हुने अति सूक्ष्म कणहरूले उच्च रक्तचाप वा मानसिक तनाव जस्ता अन्य रोगमार्फत नभई सीधा मस्तिष्कमा क्षति पुर्‍याएर अल्जाइमर्स गराउन सक्छन्।

पहिले ‘स्ट्रोक’ भइसकेकाहरूको मस्तिष्क वायु प्रदूषणप्रति बढी संवेदनशील हुने र अल्जाइमर्स हुने सम्भावना अझ बढी रहने अध्ययनले देखाएको छ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार बुढेसकालमा बिर्सने रोगबाट बच्न र संज्ञानात्मक स्वास्थ्य (कग्निटिभ हेल्थ ) जोगाउन स्वच्छ हावा एउटा महत्त्वपूर्ण उपाय हुन सक्छ।

विश्वभर करिब ५ करोड ७० लाख मानिस अल्जाइमर्सबाट प्रभावित छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?